करेन्ट लागेर एकजनाको मृत्यु, सवारी दुर्घटनामा एकजनाको ज्यान गयो

459 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

इनरुवा, – सुनसरीको अमाहीबेलहा–८ मा करेन्ट लागेर आइतबार एकजनाको मृत्यु भएको छ ।

धान खेतमा सिँचाइ गर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय सत्यनारायण पण्डितको करेन्ट लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

यसैबीच, सुनसरीको मधेसा–५ पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ७ प ३१३६ नम्बरको स्कुटी र विपरीत दिशाबाट आउँदै गरेको को १७ प ८५७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटीमा सवार सप्तरी हरिहरपुर–९ बस्ने ५२ वर्षीया लालुदेवी जोशी थरुनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, दुर्घटनामा मोटरसाइकलमा सवार सबिन रायमाझी, दीपक श्रेष्ठ र स्कुटीमा सवार मालाकुमारी जोशी थरुनी गम्भीर घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।