राष्ट्रसङ्घद्वारा संविधान संशोधनको स्वागत

444 पटक पढिएको

सम्पादक: Dhading News

United_Nations-un-600x250काठमाडौँ, १३ माघ । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले संवैधानिक प्रावधानका मतभिन्नता समाधानका

उहाँले वार्ताको माध्यमबाट बाँकी रहेका लागि संविधान संशोधनको संसदीय कारबाहीलाई महत्वपूर्ण कदम भन्दै त्यसको स्वागत गर्नुभएको छ । समस्या अधिकतम लचिलो भई निरुपण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

वर्तमान सकारात्मक प्रगतिले नेपालका सीमा नाकाबाट आपूर्ति सामान्य तुल्याउन तथा पुनर्निर्माणको अतिमहत्वपूर्ण काम र अन्य अत्यावश्यकीय कार्यमा ध्यान पुनः केन्द्रित गर्न सहयोग पुग्ने आशा महासचिव बानले व्यक्त गर्नुभएको यहाँस्थित राष्ट्रसङ्घीय सूचना केन्द्रले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

संयमता र अहिंसाका साथ शान्तिपूर्ण वार्ता र समावेशी प्रजातान्त्रिक प्रक्रियामा आफ्ना प्रयासहरु अझ अधिक तुल्याउन उहाँले सम्बद्ध सबै पक्षलाई आह्वान गर्नुभएको छ ।