दुवै पाइलटको घटनास्थलमै मृत्यु

585 पटक पढिएको

सम्पादक: Dhading News

air-kasthamandapकाठमाण्डौं । एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना हुँदा विमानका दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको छ । कालिकोटको चिलखाया गाविस वडा नम्बर २ का फोर्स ल्याण्डिङका क्रममा विमान दुर्घटनामा परेको बताइएको छ ।

परबाट बाङ्गिँदै बाङ्गिँदै आएको प्लेन हेर्दा हेर्दै ढल्किएर गहुँबारीमा जोतिएर दुर्घटना भएको प्रत्यक्षदर्शी बताएका छन् ।

एकजना पाइलटलाई निकाल्दा निकाल्दै मृत्यु भएको हो प्रत्क्षदर्शीहरुले जानकारी दिएका छन् । विमानका यात्रुहरु भने सबै घाइते छन् । ९ यात्रु र तीन चालक दलका सदस्य रहेको विमान सदरमुकाम मान्माबाट पूर्व करिब २० कोश टाढा रहेको चिलखाया गाविसमा दुर्घटना भएको हो।