सर्वोच्चका लागि ११ न्यायधिसको नाम सिफारिस

826 पटक पढिएको

सम्पादक: Dhading News

 फागुन,१९ काठमाडौ । न्याय परिषद्को बैठकले कानुन व्यवसायी ४  र पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट ७ जना गरी ११ न्यायधिसको नाम सिफारिस गरेको छ ।

परिषद्को हिजो साँझ बसेको बैठकले सर्वोच्च अदालतका लागि  ११ न्यायधिसको नाम सिफारिस गरेको हो ।  सिफारिसमा पुनरावेदन अदालत बाग्लुङका मुख्य न्यायाधीश दीपक कार्की पहिलो नम्बरमा छन् । त्यस्तै केदार चालिसे, शारदा घिमिरे, मीरा खड्का क्रमशः दोस्रो, तेस्रो र चौथो वरियतामा छानिएका छन् । चालिसे पुनरावेदन अदालत विराटनगर, घिमिरे बुटवल र खड्का इलामकी मुख्य न्यायाधीश हुन् । उमेर हदका कारण उनीहरु चारै जनाले प्रधानन्यायाधीश नभईकनै अवकाश पाउने छन् ।
पाँचौ  वरियतामा भने महान्यायाधीवक्ता हरिकृष्ण कार्की परेका छन् ।  कार्की न्यायाधीशमा नियुक्त भए २०७९ मंसिर २८ गते प्रधानन्यायाधीश हुनेछन् । उनले हिजै साँझ राष्ट्रपति समक्ष राजीनामा बुझाएपछि परिषद् बैठकले नाम टुंगो लगाएको हो ।
त्यसैगरी परिषद्ले हेटौंडाका मुख्य न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, पुनरावेदन अदालत राजविराजका ईश्वर खतिवडा र पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश डा। आनन्दमोहन भट्टराईलाई सिफारिस गरेको छ ।त्यस्तै नवौं वरियतामा परेका वरिष्ठ अधिवक्ता अनिल सिन्हा सिफारिसमा परेका चार कानुन व्यवसायीमध्ये प्रधानन्यायाधीश हुन नपाउने एकमात्र उम्मेदवार हुन् । दशौं वरियतामा परेका वरिष्ठ अधिवक्ता प्रकाश राउत पनि प्रधानन्यायाधीश हुने गरी लगिएका छन् । ११ औं वरियतामा परेकी वरिष्ठ अधिवक्ता सपना मल्ल प्रधान भने सिफारिस पर्नेमा सबैभन्दा धेरै समय प्रधानन्यायाधीश हुने भएकी छन् ।

उनी २०८२ चैत १९ गतेदेखि २०८५ कात्तिक २८ गतेसम्म प्रधानन्यायाधीश हुनेछिन् ।
संविधानअनुसार सर्वोच्चमा २१ जना न्यायाधीशको दरबन्दी छ तर हाल १० जना न्यायधिस छन ।