स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

481 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं– त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर र पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको अङ्ग्रेजी, पस्तकालय तथा सूचना विज्ञान र लैङ्गिक अध्ययन विषयको परीक्षाफल बिहीबार प्रकाशन गरिएको छ।

परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, wwww.tu.net.ntc.np education मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल र ४९४९ मा एसएमएस गरी पनि जानकारी पाउन सकिने छ।

लब्धाङकपत्र भने नियमित परीक्षार्थीको सम्बन्धित क्याम्पसबाट र प्राइभेट परीक्षार्थीको परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिने कार्यालयले जनाएको छ। रासस