बन्दले राष्ट्रिय लोकमार्ग र धादिङ जिल्लाको जनजीवन प्रभावित

813 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_0498 copyधादिङ,२ असार ( धादिङ न्युज ) । चुनावको मिति घोषणामा असन्तुष्टि जनाउँदै सरकार विरुद्ध आन्दोलन गरिरहेका दलहरुले आव्हान गरेको नेपाल बन्दले धादिङ जिल्लाको जनजिवन पनि प्रभावित भएको छ ।
नेकपा–माओवादी, संघीय लोकतान्त्रिक मोर्चा र संघिय समाजवादी सहितका ४२ दलले सयुक्त रुपमा बन्द आव्हान गरेको भएपनि धादिङ जिल्लामा नेकपा–माओवादीका कार्यकर्ताहरु मात्र वन्द गराउन सडकमा निस्किएका छन । बन्दको कारण सदरमुकाम धादिङबेसी र देशका ६७ जिल्लालाई राजधानी जोड्ने त्रिभुवन लोकमार्ग र पृथ्वीलोकमार्ग समेत प्रभावित बनेको छ ।
बन्दका कारण बिहानै देखि मोटर नचल्दा नागरिकहरुलाई कठिनाइ भएको छ । उपत्यका बाट बाहिर आउने र देशका बिभिन्न स्थानबाट राजधानी प्रबेश गर्ने  गाडीहरु पनि चलेका छैनन । विहानै देखि पानी परे पनि बन्दकर्ताहरु सडकका चोक चोकमा भेला भएर बसेका छन् । सदरमुकामका चोक चोकमा प्रहरीहरु पनि तैनाथ गरिएका छन । बन्दका कारण क्याम्पस र  विद्यालयहरु बन्दहुँदा जिल्लाका सयौं विद्यार्थीको पढाई प्रभावित भएको छ । नेकपा–माओवादी धादिङका सचिव द्धारिका सुवेदीले बन्दमा एम्बुलेन्स, प्रेस र अति आबश्यक सवारीलाई भने चल्न दिइएको बताउनुभयो । साँझ ६ बजेपछि मात्रै बन्द खुल्ने सुवेदीले जानकारी दिनुभयो । बन्दकर्ताले प्रमुख चारदलबीच भएको ११ र २५ बुदे सहमति खारेज गरि नयाँ सहमतिमा जानुपर्ने माग गर्दै आएका छन् । सरकारले वार्ताका लागि आव्हान गरेपनि चुनावको मिति घोषणा गरेको भन्दै उनीहरुले वार्ता पनि नगर्ने बताइरहेका छन् ।