हक अधिकार सुनिश्चिताका लागि महिलाहरुको अभियान
607 पटक पढिएको
धादिङ,४ असार(धादिङ्न्युज ) । संविधान सभा निर्वाचनको घोषणा संगै विभिन्न दलहरुले निर्वाचनलाई लक्षित गरेर कार्यकर्ताहरुका बिच विभिन्न कार्यक्रमहरु लैजाने कार्यलाई तिव्रता दिईरहेको बेला नयां बन्ने संविधानमा महिलाका हक अधिकार र प्रतिनिधित्वको सुनिश्चिताका लागि महिलाहरु अभियानमा लागेका छन ।
अलग अलग राजनैतिक धारमा रहेर विभिन्न क्षेत्रमा सक्रिय रहंदै आएका महिलाहरुको हक अधिकार र क्षमता विकासमा सहयोग पु¥याउंदै महिला माथि हुने सबै प्रकारका भेदभाव तथा हिंसा बिरुद्ध सक्रिय रहंदै आएको अन्तरपार्टी महिला संजालले धादिङबेसीमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नयां बन्ने संविधानमा महिलाका हक अधिकार र प्रंतिनिधित्व सुनिश्चिताका लागि जिल्लाका अगुवा महिलाहरुलाई शशक्तिकरण गराउने उद्धेश्यले आयोजना गरिएको महिला नेत्तृत्व अभिबृद्धि र आगामी संविधान सभा निर्वाचन बिषयक दुई दिने प्रशिक्षण कार्यक्रम सोमवार धादिङबेसीमा सम्पन्न भएको हो ।
अन्तरपार्टी महिला संजाल धादिङका पदाधिकारी र साधारण सदस्यहरुको सहभागिता रहेको तालिममा संजालका केन्द्रीय सदस्य सुप्रभा घिमिरे र बसन्ती झाले नीति निर्माण र निर्णय तहमा महिलाहरुको प्रतिनिधित्व,बिघठित संविधान सभाको १० ओटा बिषयगत र संवैधानिक समितिद्धारा प्रस्तुत प्रारम्भिक मस्यौदा, निर्वाचन प्रणाली र समानुपातिक समावेशी सहभागिताका बिषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।