शान्ति समाजको केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न

534 पटक पढिएको

सम्पादक: Dhading News

रुपन्देहीको वुटवलमा २०७३ मंसिर १० गते शुरु भएको मानव अधिकार तथा शान्ति समाजको १९ औँ राष्ट्रिय परिषदको दोस्रो दिन आगामी दुई वर्षका लागि केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । समाजको संसोधित विधान अनुसार ३३ सदस्यीय कार्य समिति मध्ये २७ जना को निर्विरोध निर्वाचन सम्पन्न भएको छ भने ६ जना सदस्य (५ जना महिला सहित) को मनोनयन केन्द्रीय कार्यसमितिले गर्ने व्यवस्था रहेको छ । निर्वाचित पदाधीकारीहरुमा सभापतिमा गंगाधर अधिकारी (वाग्लुङ), वरिष्ठ उपसभापतिमा रामजीप्रसाद सुवेदी (म्याग्दी), उप सभापतिमा गोविन्द खनाल (रुपन्देही), उपसभापति (महिला) तर्फ रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी (काठमाण्डाँै), सचिवहरुमा विष्णु चापागाँई (सुनसरी), प्रदेश नं १, राज किशोर झा (महोत्तरी) प्रदेश न. २, राजेन्द्र पौडेल (चितवन) प्रदेश नं ३, श्याम सुन्दर पराजुली (नवलपरासी) प्रदेश न. ४, शुसिल बस्नेत (दाङ) प्रदेश नं ५, देवेन्द्र सेजुवाल (सुर्खेत) प्रदेश नं ६, मदन बहादुर कुँवर (अछाम) प्रदेश नं ७ चिर्वाचित हुनुभएको छ ।
यसैगरी सचिवहरु (महिला)तर्फ पुष्पा केसी दाङ, आदिवासी जनजातिबाट बल बहादुर गाहा मगर (ललितपुर) मधेसी समुदायबाट परमानन्द चौधरी (पर्सा) दलित समुदायबाट टेक बहादुर सार्की (कैलाली) निर्वाचित हुनुभएको छ ।
केन्द्रीय सदस्यहरु ६ जना खुलातर्फ कृष्ण बहादुर रावल (पाल्पा), चन्द्र आङदम्वे (पाँचथर), कृष्ण पराजुली (रुपन्देही), बाबुहरी आचार्य (चितवन), अनन्त कोइराला (रौतहट), विकास थापा (मोरङ) निर्वाचित हुनुभएको छ भने ४ जना सदस्यहरु (महिलातर्फ) मिना ढकाल (रुपन्देही), गिता श्रीस (वाग्लुङ), सिता श्रेष्ठ (संखुवासभा) र अन्जु गौतम परियार (रुपन्देही) निर्वाचित हुनुभएको छ ।
यसैगरी सल्लाहकार पदमा समाजका पुर्व सभापति होमकान्त चौलागाईलाई पहिलो केन्द्रीय कार्यसमिति बैठकले नियुक्त गरेको छ ।