संघियता र प्रजातन्त्र कम्यूष्टिको एजेण्डा होइन- नेपाली काग्रेसका महामन्त्रि सिटौला
826 पटक पढिएको
धादिङ,असार ७ गते । नेपाली काग्रेसका महामन्त्रि कृष्णप्रसाद सिटौलाले संघियता तथा विकेन्दित शाशन प्रणाली कम्यूनिष्टहरुको माग नभइ प्रजातन्त्रबादीहरु र खासमा काग्रेसको एजेण्डा रहेको बताउनुभएको छ ।
कम्यूनिष्टहरुले बहुपार्टी प्रणाली नमान्ने र केन्द्रीय शासन प्रणाली नै अबलम्बन गर्ने भएकोले उनिहरुले क्षणिक राजनीति गर्नका लागि संघियताको कुरा उठाएको सिटौलाको दावी थियो ।
नेपाली काँग्रेस धादिङका नेता हरि प्रसाद सिंखडाको १५ दिनको पुण्य तिथिमा धादिङबेसीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न विहीवार धादिङबेसी आइपुगेका नेता सिटौलाले प्रधानन्यायधीसलाई प्रधानमन्त्रीको प्रस्ताव लैजान एमाओवादीको छट्टु चाल भएको बताउँनुभयो ।
आगामी संविधान सभाको दोस्रो निर्वाचन मंसिर चारमा नै हुने बताउदै महामन्त्री सिटौलाले सरकारले तोकेको मंसिर ४ को समयमा नै निर्वाचन हुने ठोकुवा गर्नु भयो । सिटौलाले देशको निकासको लागि पनि निर्वाचन अपरिहार्य रहेकोले मंसिर ४ गते तोकिएको संविधान सभाको दोस्रो निर्वाचन सफल पार्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्न उहाले आव्हान गर्नुभयो ।
निर्वाचन मार्फत मुलुकको शान्ति तथा लोकतन्त्र स्थापित हुने बताउँदै सिटौलाले निर्वाचनको विरोध गर्दै सडकमा रहेका नेकपा माओवादी लगायतका दलहरुले पनि निर्वाचनमा भाग लिने दावी गर्नुभयो ।
नेपाली काँग्रेस निर्वाचनको पक्षमा रहेको बताउँदै सिटौलाले लोकतन्त्रको रक्षाका निम्ति निर्वाचन अपरिहार्य भएको उहाँको भनाई थियो । स्वर्गिय हरिप्रसाद सिम्खडाको व्यक्तित्वको चर्चा गर्दै उनले देखाएको असल बाटोमा हिँड्ने काँग्रेस नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
विगतमा संविधान सभाबाट संविधान घोषणा गर्न नसक्ने दलहरुलाई फेरी जनताले कुन आधारमा भोट दिन्छन् भन्ने पत्रकारहरुको प्रश्नमा महामन्त्री सिटौलाले विगतको कमि कमजोरीबाट सबैले पाठ सिक्दै अव त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै सबैको साथ र सहयोग पाएमा अवको निर्वाचनपछि संविधान बन्ने दावी गर्नुभयो ।
नेपाली काँग्रेस वागमती समन्वय समितिका सदस्य समेत रहेका सिम्खडाको श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेता रमेश धमला लगायतले नेता सिम्खडाले लोकतान्त्रिक आन्दोलन, सामाजिक विकास र साहित्यिक विकासमा पुरयाउनु भएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा स्वर्गीय हरि प्रसाद सिम्खडाका पुत्र निराजन सिम्खडाले आफ्ना पिताको सपना पुरा गर्ने अठोट गर्नुभयो ।