दुईसाता देखी मलेशियामा १९ जना नेपाली अलपत्र उद्धारका लागि परिवार र आफन्तहरुको अपिल
654 पटक पढिएको
धादिङ १० असार । (धादिङन्युज) वैदेशिक रोजगारीका लागि दुई हप्ता अघि मलेशिया पुगेका १९ जना नेपाली अहिलेसम्म अलपत्र परेको भ्न्दै उनिहरुका आफन्त र परिवारका सद्स्यहरुले उद्धारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।
ईनोभेटिभ सर्भिसेज वनस्थली, र समाद ओभरसिज गौशालाले जनही १ लाख ७० हजार रकम लिएर मलेशियाको प्रेस मेटल विन्टुलु एसडीएन विएचडी कम्पनीमा काम गर्ने गरी पठाएका उनीहरु विचल्लीमा परेका हुन ।
पाँच दिन क्वालालम्पुरको अध्यागमनमा लुटपाट,कुटपीट र भोक सहेर बसेका उनीहरुलाई अहिले क्लालालम्पुरबाट सयौं कोष टाढा जङ्गलको ओढारमा राखिएको पीडितका परिवारले बताएका छन । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा पीडितका आफ्न्त ऋषि दवाडीले मलेशिया पुगेका आफ्ना मान्छेलाई ओढारबाट बाहिर निस्कन नदिई, चिसोमा राखिएको बताउनुभयो ।
ज्ञानबहादुर कुँवर, रमेश भट्टराई, सुब्बा राई, गोपी श्रेष्ठ, देवकुमार तामाङ, सूर्यबहादुर श्रेष्ठ, दुर्गाबहादुर महतो, झलक तामाङ, कमल खड्का, कमल दुवाडी, सन्तोष भुजेल, धिरेस भट्टराई, प्रकाश वमजन, दानमान नकर्मी, ज्ञानबहादुर थापा, रमेश दुवाडी, मायानाथ बाँस्कोटा, शिवराम र सीताराम दुवाडी अलपत्र पर्नुभएको छ ।