सिरानबजारमा रहेको थेक्पो छेन्पो वौद्ध गुम्बामा ३ दिने न्युने वर्त पुजा पाठ

697 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नीलकण्ठ,११ असार ( धादिङन्युज) । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको सिरानबजारमा रहेको थेक्पो छेन्पो वौद्ध गुम्बामा  ३ दिने न्युने वर्त पुजा पाठ सोमवार सम्पन्न भएको छ । लामा गुरु रामकुमार श्रेष्ठले संञ्चालन गर्नुभएको न्युने वर्त पुजामा १७ जना शान्ती प्रेमी,धर्मप्रेमीहरुको सहभागीता रहेको थियो । सम्पुर्ण दुखी प्राणीहरुको उद्धारहोस भन्ने हेतुले सञ्चालन भएको पुजामा पहिलो दिनमा १ छाक वार्नुपर्ने, दास्रो दिन पानी पनि नखाने र वोलचाल गर्न नहुने, र अन्तिम दिन विहानै पुजागरि लामा गुरुबाट अङ अविशेक ग्रहण गरी न्युने वर्त पुजा सम्पन्न हुने लामा गुरु नोर्साङ दोर्जे लामाले धादिङन्युजलाई जानकारी दिनुभयो ।