डाँडागाउँमा स्वास्थ्य सेवा विन्दु तथा वर्थिङ सेन्टर व्यवस्थापन समितिको गठन
633 पटक पढिएको
वेनिघाट,११ असार ( धादिङन्युज) । धादिङ जिल्लाको वेनिघाट गाविस वडा नम्बर ७ डाँडागाउँमा स्वास्थ्य सेवा विन्दु तथा वर्थिङ सेन्टर व्यवस्थापन समितिको गठन गरिएको छ । सोमवार गाउंमा सम्पन्न भेलाले समिातिको गठन गरेको हो ।
वेनिघाट स्वास्थ्य चौकीका प्रमुख बाबुराम कौडालको उपस्थितिमा सम्पन्न भएको भेलाले संगिता विसुरालको अध्यक्षतामा १५ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा सीता त्रिपाठी, कोषाध्यक्षमा अमृता त्रिपाठी (ख) र सदस्य सचिवमा अनमी अमृता जम्कट्टेल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा पिपला वि.क., राममायाँ थापा मगर, हिरा लम्साल, मिठ्ठु गुरुङ, शान्तामाया वि.क., सुनिता पोखरेल, सुमित्रा रुवाली, मैया न्यौपाने, लक्ष्मी खड्का, लक्ष्मी त्रिपाठी र गीता परियार (ख) रहनुभएको छ ।
समितिको सल्लाहकारमा चेली रिजाल, पार्वती त्रिपाठी र सम्झना वि.क. चयन हुनुभएको छ । सुरक्षित सुत्केरी, प्रसुति सेवा, गर्भजाँच सेवा, परिवार नियोजन, पोषण, खोप लगायतका साधारण रोग निदान सेवा उपलब्ध गराउन स्थानीय महिलाहरुको सक्रियता र जिविस, गाविस र शान्ति नेपालको सहयोगमा डाँडा गाउँमा गत जेठ महिनादेखि स्वास्थ्य सेवा विन्दु संचालनमा ल्याइएको छ । स्थानीय आमा समूहको सक्रियतामा संचालनमा आएको स्वास्थ्य सेवा विन्दु स्थापनाको लागि महिलाहरुले चन्दा संकलन गरेर रकम जम्मा गरेका थिए । गाउँमा स्थापना भएको स्वास्थ्य सेवा विन्दु संचालनको लागि महिलाहरुले नियमित रुपमा बचत संकलन गर्दै लगानी समेत गर्दै आएको महिला स्वास्थ्य स्वयमसेविका पार्वती त्रिपाठीले धादिङन्युजलाई जानकारी दिनुभयो ।