विशालटारका महिलाको पहलमा बन्यो एक किलोमिटर सिंचाई कुलो

806 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

DSC00753 copyबेनिघाट,१२ असार (धादिङन्युज)।  धादिङको वेनिघाट गाविसको वडा नम्बर ८  बिशालटारमा रहेको विशालटार सिंचाई कुलोको बुधवार उदघाटन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत होमराज बिष्टले बुधवार एक कार्यक्रमका बिच कुलोको उदघाटन गरेका हुन ।

सिंचाईका लागि ल्याईएको पानी वारीमा पु¥याउन कठिनाई भएपछि स्थानीय उपभोक्ताको पहलमा गएको बैशाखवाट बिशालटार सिंचाई कुलो निर्माण शुरु गरिएको थियो । भुमेस्थान महिला समुह र बिशालटारका किसानहरुको अग्रसरतामा जिल्ला कृषि विकास कार्यालय र सहास नेपालको सहयोगमा निर्माण सम्पन्न भएको एक किलोमिटर दुरीको सिंचाई कुलोको बुधवार उदघाटन गरिएको हो ।
समुहकी अध्यक्ष जुना विसुरालका अनुसार  कुलो निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयको ४८ हजार,समुहको नगद १६ हजार,सहास नेपालको ४८ हजार सात सय ३० र समुहजनश्रमदान ९६ हजार ९ सय समेत गरी कुल दुई लाख ९ हजार ६ सय ३० रुपैया  खर्च भएको थियो । कुलो निर्माण पछि बिशालटार सिंचाई योजना अन्र्तगत सिंचाई पुग्न वांकी रहेका १५ घर परिवारको ७० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ । कुलो उदघाटन कार्यक्रममा सहास नेपालका परियोजना संयोजक जिवनाथ शर्मा, कार्यक्रम संयोजक हरिराम लोहनी,कृषि सेवा केन्द्र वेनिघाटका दामोदर घिमिरे,नेपाली कांग्रेसका प्रतिनिधि ऋषिनाथ त्रिपाठी, एकल महिला समुहकी अध्यक्ष मायादेवी शर्मा लगायतले कुलो निर्माणवाट समुदायले पाएको उपलव्धिका वारेमा मन्तव्य राखेका थिए ।