जनै पूर्णिमा

923 पटक पढिएको

सम्पादक: Dhadingnews.com

डी.आर. ज्ञवाली
प्रायः जसो श्रावण शुक्ल पूर्णि मा पर्ने यो पर्व हिन्दुहरुको बिशेष पर्वको रुपमा मानिन्छ । यस पर्वलाई ऋषितर्पणी, रक्षाबन्धनको नामले पनि परिचित छ । गौतम बुद्धले आफ्नो कामशक्तिमाथि विजय हाँसिल गरेको दिनको रुपमा बौद्ध धर्मालम्बीहरुले पनि यो दिनलाई बिशेष दिनको रुपमा मान्दै आएको पाईन्छ । यस दिनमा स्वयम्भूमा पनि ठूलो मेला लाग्ने गर्दछ ।
जनै पूर्णिमाका दिन हिन्दुधर्मालम्बीहरुमा बिशेष गरी जनै पहिरन गर्नेहरुले दाहृीकपाल, नङ काटी बिहान स्नान गरी शुद्ध हुनु पर्दछ । बस्त्र पनि शुद्ध लगाउनु पर्दछ । सबै पक्षबाट शुद्ध भएपछि मात्र ब्रह्रमणहरुद्धारा बिधि पूर्वक पूजा गरी शुद्ध गरिएको जनै मन्त्रोचारण गरी पूरानो जनै निकालेर नयाँ जनै लगाउने गरिन्छ । जनै बर्षभरीमा धेरै पटक फेर्नु पर्ने हुन्छ । श्राद्ध गर्दा, शवयात्राबाट फर्किएपछि , जुठो सुतक परि शुद्ध भएपछि नयाँ जनै फेर्नुपर्दछ । रक्षाबन्धन वर्षमा एक पटक मात्र बाँधिन्छ । आफ्नो शरिरको रोगव्याधी निको हुने र सबै पक्षबाट आफुलाई रक्षा पनि हुने विश्वासका साथ सबैले बाँध्ने गरिन्छ । यस दिन तराईमा भारतीय परम्परालाई सिको गरी दिदी बहिनीहरुले आफ्ना दाजुभाईहरुलाई हातमा राखी बाँधी आर्शिबाद लिने दिने चलन पनि रहेको छ ।
पौराणिक कथा अनुसार देवतालाई दवाउन दानव शक्ति प्रवल वनि देवता सँग लड्न युद्ध मैदानमा अघि सरि लामो समय सम्म युद्ध गर्दा पनि देवताको विजय हुन नसके पछि अन्त्यमा देवगुरु वृहस्पतिले श्रावण शुक्ल पुर्णिमाको दिन विहान सुरक्षाको लागि रक्षा विधान तयार पारि तयार पारिएको रक्षा सुत्र इन्द्राणिलाई इन्द्रको नाँडिमा बाँध्न लगाए र वृहस्पतिले यो मन्त्र प।ठ गरेको पाईन्छ ।
“येन बद्धो बली राजा दानबेन्द्रो महाबलः।
तेन मन्त्रेण बध्नामि रक्ष्ोमा चल मा चल”।।
अर्थःअत्यन्त बलव।न दानवराजा बली जुन रक्षा रुपी बन्धनले बाधिए,सोही रुपी रक्षा बन्धनले म तिमिलाई बाध्दछु । यसले तिमि सुरक्षित हुन्छौं, विचलित हुदैनौं भन्ने बुझिन्छ । त्यसपछि देवताहरुको विजय भएको पाईन्छ । त्यसैबेला देखि सर्वसाधरणमा पनि रक्षा गर्ने र सुरक्षित हुने विश्वासका साथ रक्षा बन्धन बाँध्ने चलन चल्दै आएको भनाई रहेको पाईन्छ ।
यस पर्वको अर्को महत्व गोसाईकुण्ड मेलालाई मानिन्छ । यसै दिन हिन्दुधर्मालम्बीहरु गोसाईकुण्ड मेला भर्न जाने चलन भएको र अहिले पनि यो क्रम रहदै आएको पाईन्छ । । पौराणिक कथामा उल्लेख भए अनुसार केहि समय अगाडी समुन्द्र मन्थनबाट निस्केको कालकुट बिषलाई भगवान शिवजीले खाएपछि घाँटीमा धारण गर्दाको समय धेरै औंडाह भएको र सो खप्न नसकि हिमालयको यस खण्डमा आई आफुसँग भएको त्रिशूल गाडी त्यही खोचमा पल्टिएको र त्रिशूल गाडेको पहाडको खोचबाट तीनवटा जलधारा निस्केपछि शिवजी सुतेको खोचमा जल भरिन गएको र जलको शितलताले बिषको असर हट्न गई शिवजीलाई ठिक भएको पाईन्छ । तीनवटा जलधाराले भरिएको खोचलाई नै गोसाईकुण्डको नामले प्रख्यात भएको कथामा उल्लेख भएको पाईन्छ । जुन दिन गोसाई कुण्डको शुरुवात भयो त्यही दिन जनै पूर्णिमा रहेको बिश्वास रहेको छ । यस दिन बिशेष गरी नेवार समुदायमा नौ थरीका गेडागुडी भिजाएको पकाएर खाने चलन रहेछ । जसलाई क्वाँटी भन्ने गरिन्छ । क्वाँटी खानाले स्वास्थ्यलाई राम्रो हुने भएको हुदा आजभोली अरु समुदायमा पनि क्वाँटी खाने चलन बढ्दै गएको पाईन्छ ।

कार्यक्रम संयोजक
फोकस नेपाल