पढ्नै पर्ने कृति “कमलरीदेखि सभाषदसम्म”

903 पटक पढिएको

सम्पादक: Dhadingnews.com

दिपेन्द्र रिजाल, साङ्कोष – १ धादिङ

dipendra
कमैया थारु परिवेशमा जन्मिएर ७–८ वर्षको कलिलो उमेरदेखि कमलरी बस्तै आएकी शान्ता चौधरकिो कष्टकर र पीडादायी अनुभुतिदेखि औठाछाप सभाषदको भूमिका निर्वाह गर्दासम्मको जीवनमाला उनिएको छ “कमलरी देखि सभाषदसम्म” कृतिमा । कृतिकार न यहाँ कुनै ठूलै साहित्यकार न कुनै लब्धप्रतिष्ठित व्यक्तित्व तर पनि कृष्ण धारावासीको आधाबाटो पाण्डुलिपी र झमककुमारी घिमिरेको जीवन काँडा कि फुल कै उचाइ नाप्न सक्षम छ यो कृति । २०५७ सालदेखि मात्रै दर्दनाक कमलरी प्रथाबाट छुट्टिएकी एक संघर्षशील नारी शान्ता चौधरी हुन् । दुःख, पीर, वेदना, समस्या र संकटको भुमरीमा फस्नेहरुलाई यो प्रेरणाको स्रोत बन्न सक्छ अझ राजनैतिक जीवनमा फड्को मार्दै गरेका नवपीडिले पढ्नैपर्ने खालको कृति छ यो जुनसुकै विचारधारासँग आवद्ध भए पनि अग्रपथमा लम्कन चाहनेका लागि सशक्त उर्जा बन्नेमा कसैको द्वैमत नहोला ।
हुन त यो कृति साहित्यिक रस्वादान गर्न खोज्नेका लागि न गहिराइ न उचाइ नाप्न सकिने खालको छ, छ त केवल समस्त थारु जातीको पीडा यसमा छ । कमलरी, कमैया जस्ता कूरीतिको चंगुलमा फसेको पश्चिमी नेपालको जीवन यसमा भेट्न सकिन्छ । सायद लाग्छ कृति अध्ययन सुरु गरेपछि पाठकले नभ्याउन्जेलसम्म विश्राम लिने ठाउँ नै प्राप्त गर्न सक्दैनन् किनकि हरेक घटनाक्रम सिलसिलेवार रुपमा अगाडि जतिसुकै कठोर मनधारी पाठकको आँखा पटक पटक नरसाई धरै पाउँदैन किनकि कहालीलाग्दो जीवन गुजारेर अगाडि बढेकी शान्ता चौधरीले जस्ताको तस्तै सरल र सहज रुपमा आफ्नो कहानी पस्किएकी छिन् यसमा ः–kamalri L
 पेटभरी खान त परै जाओस् मन लागुन्जेल रुन पनि नपाउने अवस्था मैले वाल्यकालदेखि नै बेहोर्नुप¥यो ।
 जसको घरमा ७–८ कटेकी छोरी छन् भन्ने थाहा हुन्थ्यो तिनकै घरमा जमिनदारहरु फूलमा मौरी घुमे झैँ चक्कर लगाइरहन्थे ।
 पहिलो दिन कमलरी बस्दाको अनुभव आमालाई भनेः आज त चामलको मीठो भात पनि पेटभरी आएँ नि आमा ?
 चरा जंगलमा कराउँदा लाग्थ्यो ती चरा पनि म जस्तै दुःखी छन् त्यसैले बिरहका गीत गाउँदैछन् ।
 खोरमा थुनिएको लाचार बाख्रा झैँ जीवन, जमिनदारकै इसारामा चल्नुपर्ने । मानौँ कमलरी एउटा मेसिन हो ड्राइभर त्यो जमिनदार ।
 एक वर्ष अगाडि मात्रै मेरो पहिलो बच्चा जन्मेको थियो त्यो बेला पाँच दिनसम्म पानीमात्र खाएर बाँचेको स्मरणले मलाई आज पनि उत्तिकै पीडा दिन्छ ।
 कसैले भोक लाग्दा पनि खान नपाउने कसैले भने भोक नलाग्दा पनि जवर्जस्ती खाइदिनुपर्ने यो कस्तो नियती हो ।
यस्ता यावत् आपत्–विपत् र समस्याहरु पस्केकी शान्ताले आफू भूमी अधिकार मञ्चका अध्यक्ष भैसक्दासम्म आफ्नो खुट्टोमा चप्पल र आङमा एकधरो राम्रो लुगा नभएको दुःखत वेदना पोखेकी छिन् । कमैया मुक्ति आन्दोलनमा होमिदासम्म कुनै पाट्री र पक्षसँग नलागेकी उनी संविधानसभा चुनाव अघि एमालेका नीति र कार्यक्रमले प्रभावित भै उक्त पाट्रीमा प्रवेश गरी समानुपातिकबाट सभाषद्सम्म बन्न पुगिन् । सभाषद् भन्ने कुरा नै बुझ्न नसक्ने, लेखपढ कति पनि नभएको, मैलो च्यातिएको एकसरो लुगाभन्दा बढी नभएको र काठमाण्डौ आउनलाई समेत पैसा नभएको उनीले कसरी संघर्षमय जिन्दगी अगाडि बढाइन् भन्ने कुरा पाइन्छ यस कृतिमा । आफू नपढेकै कारण र लवाइखवाइ राम्रो नभएकै कारण संविधान हलमा भोग्नु परेको अपहेलना, एकान्तपनको तीतो यथार्थ पढ्दा कसको पो आँखा नरसाउला र ! यस्तो अवस्थामा झन प्राकृतिक स्रोत तथा साधन समितिको सभापतिको भार ग्रहण गरिरहँदा आफूभन्दा सिनियर सदस्यहरुबाट आफू घृणित, अपमानित र लज्जित हुनुपरेको यथार्थता र आफ्नै छोराछोरीबाट बखग सिकेको, जीवनमा गाडी चलाउन सिकेको, कम्प्युटर, मोवाइल चलाउन सिकेर केही न केही रुपमा सक्षम बनेको सफलताको कहानी पनि यसमा छ । नयाँ ठाउँ, नयाँ परिभेषमा घुलमिल हुन नसक्दा नजान्दा देश तथा विदेशमा भोगिएको हाँसो लाग्दो अवस्थालाई समेत नहिच्किचाई लेखिएको छ ।
झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिबाट प्ररित भै यो कृति रच्ने प्रेरणा मिलेको बताउने उनी आफ्नो तीतो अतित, वर्तमानदेखि भविष्यको इच्छा, आकांक्षा, आफ्नो प्रण, जीवन र जगतप्रतिको आफ्नो हेराइलाई समेत प्रस्तुत गर्न भ्याएकी छिन् । मानिसलाई अवसर, त्यसको सदुपयोग, काम गर्ने इच्छा शक्ति, केही गर्ने हिम्मत, सफलतातर्फ अगाडि बढ्न शाहस, शोषण र उत्पिडन विरुद्ध संघर्ष नै जीवनमा सफलता प्राप्त गर्ने आधार हुन् भन्ने उनी आगामी दिनहरु भूमीहीन र कमलरी अवोध नारीहरुको जीवन उत्थानमा लागिरहने प्रण लिएकी छिन् । संघर्षमय जीवन अगाडि बढाउन उद्वत हरेक पाठकले पढ्नै पर्ने कृति बनेको छ यो । अस्तु ।