छेवाङकी बुद्धिमाया चेपाङको हत्यामा संलग्न दुईजना प्रहरीवाट सार्वजनिक

601 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ ,१३ भदौ ।  धादिङको गजुरी गाविस वडा नम्बर ८ छेवाङकी ६१ बर्षिया चेपाङ महिलाको हत्यामा संलग्न रहेको आरोप लागेका दुईजनालाई प्रहरीले बुधवार सार्वजनिक गरेको छ । भदौ ६ गते  राती घरमै सुतिरेहको बेला बुद्धिमाया चेपाङ र उनकी श्रीमान चन्द्रबहादुर चेपाङलाई धारिलो हतियार प्रहार गरी आक्रमण गरिंदा बुद्धिमायाको घटना स्थलमा नै ज्यान गएको थियो भने चन्द्रबहादुर गम्भीर घाईते भएका थिए । DSC04527
हत्याको खवर पाएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक तुलसी भट्टराईको टोलीले बुद्धिमाया चेपाङ र उनकी श्रीमान चन्द्रबहादुरलाई आक्रमण गर्नेमा स्थानीय बुद्धिराम चेपाङ,रामशरण चेपाङ सन्तोष चेपाङ रहेको आशंका गरी उनिहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । पक्राउ परेका तीन जनामध्ये बुद्धिराम र रामशरणले उक्त आक्रमण आंफुहरुले गरेको स्विकार गरेपछि उनिहरुलाई प्रहरीले बुधवार जिल्ला अदालत धादिङमा पेशगर्दा अदालतले कर्तव्य ज्यान तथा ज्यानमार्ने उद्योग मुद्धामा आवश्यक अनुसन्धानका लागि ६ दिन थुनामा राख्ने आदेश दिएको छ । थुनामा राखेर अनुसन्धान गर्ने अदालतको आदेश पछि प्रहरीले दुवैजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सामान्य रिसिइवीका कारण आफूहरुले खुकुरीले हानेर लिएर बुद्धिमायालाई मारेको उनिहरुले पत्रकार सम्मेलनमा बताए ।
सोही घटनामा संलग्नता रहेको आशंकामा पक्राउ गरिएका सन्तोष चेपाङलाई भने अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक अशोक सिंह ठकुरीले पत्रकार सम्मेलनमा

DSC04529

बताउनुभयो । यसैगरी साउन २८ गते बेलुकीको समयमा नीलकण्ठ गाउँ विकास समिति स्थित शान्तबजारका दावा गुरुङलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएको आरोप लागेका ४ जनालाई पनि बिहीबारनै प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीद्धारा सार्वजनिक गरिएकाहरुमा नीलकण्ठ–५ वर्ष १८ का सन्देश तामाङ, मुरलीभञ्ज्याङ–५ घर भई नीलकण्ठ–५ शान्तबजार बस्ने वर्ष १८ का प्रबेश ढकाल, नीलकण्ठ–५ का २० बर्षिय दिनेश श्रेष्ठ, र नीलकण्ठ–५ कै १६ बर्षिय सरु भनिने सरोज अधिकारी रहेका छन् । घटनामा प्रयोग गरिएको खुकुरी १ थान सहित पक्राउ गरिएका उनीहरुलाई जिल्ला अदालत धादिङमा ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।