ट्रकले च्यापेर सह चालकको ज्यान गयो

573 पटक पढिएको

सम्पादक: Dhadingnews.com

खानीखोला / वनाईरहेको ट्रकले चेपे धादिङको नौविसे गाविसको सिमवजारमा एक जनाको ज्यान गएको छ । नौविसे गाविसको सिमवजार स्थित नृवेश्वर अटो वर्कशपमा वनाउंदै गरेको ना २ ख ९९१३ नम्बरको मालवाहक ट्रकले च्यापेर सोही ट्रकका सह चालक रुपेन्देही जिल्ला कृष्णनगर घर भएका १९ बर्षिय दिपक यादवको मंगलवार सांझ ७ वजे तिर ज्यान गएको हो । ट्रक वनाउने क्रममा लगाईएको जग फुत्किएपछि कोल्टिएको उक्त ट्रकले सहचालकलाई च्यापेको थियो । ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।