भोकासुरको विमोचनः अनुभव र अनुभूति

715 पटक पढिएको

सम्पादक: Dhadingnews.com

-हरि खनाल
धेरै वर्षपछि कृति विमोचनको कर्म गरियो । २०५७ सालमा मैयाँको प्रकाशन भएपछि यसलाई जिल्ला विकास समितिको हलमा गणेश हिमाल साप्ताहिकले विमोचन गरिदिएको थियो जसको प्रमुख अतिथि हुनुहुन्थ्यो तत्कालिक सांसद रामनाथ अधिकारी । तेह्र वर्ष बितेछ त्यसका पछिको समय र यो तेह्र वर्षको अन्तरालमा पन्ध्रवटा साहित्यिक कृतिहरू प्रकाशित भएका छन् । यसपछि आउँदै गरेका दुईवटालाई सम्झने हो भने कम्तीमा सत्रवटा हुनेछन् यस वर्षको उत्तराद्र्घसम्म । यो सोह्रसत्रको साहित्ययात्रामा अर्थात तेह्र वर्षको अन्तराललाई जोड्ने गरे एउटा विमोचन समारोह आयोजना गरियो कलङ्की काठमाडौंमा । हास्यव्यङ्ग्य निबन्ध भोकासुर र बालकथासङ्ग्रह चराको साथीको । यसको आयोजक पनि म थिइनँ थिए भुँडी पुराण प्रकाशन र अनुपम सिर्जना प्रतिष्ठान, नेपाल । charaako aawaz bhokaasur
एउटा सौभाग्य, भोकासुरको लागि हास्यव्यङ्गय क्षेत्रका मूर्धन्य व्यक्तित्व मोराश अर्थात मोहनराज शर्मा हुनुहुन्थ्यो विमोचक र बालकथाको लागि हास्यव्यङ्गय कवि लक्ष्मण गामनामे ।
बालसाहित्यको टिप्पणीकर्ता डा. रामचन्द्र लंसाल हुनुहुन्थ्यो भने हास्यव्यङ्ग्यको लागि नरनाथ लुइँटेल र लक्ष्मण गामनामे । कार्यक्रम सरस थियो । सौभाग्य भन्नुपर्छ धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष बद्री दाहाल काठमाडौंमा नै हुनुहुँदो रहेछ र लेखक तथा साहित्यकार मित्र उत्तम कँडेल मलाई सम्झेर धादिङबाटै काठमाडौं पुग्नु भएको थियो । कर्मचारी वृत्तका कसैलाई पनि खबर नगरिएको र असाध्यै मान सम्मान पु¥याउनुपर्ने विराट साहित्यकारहरूलाई दुख नदिइएको उक्त कार्यक्रममा सत्तरी असीको संख्यामा सहभागीहरू हुनुहुन्थ्यो । मलाई कक्षा पाँचमा अर्थात नीलकण्ठ माध्यमिक विद्यालय झर्दा प्रारम्भकालमा पढाउनु भएका आदरणीय गुरु बाबुकाजी सिलवाल र गुरु टि.एन. गोपिकृष्णको सामिप्यता मेरो लागि अत्यन्त प्रिय थियो ।
केही पत्रकार मित्रहरूलाई लेख्न भन्दा पनि देख्न बोलाएको थिएँ । उहाँहरू देखिनुभएन । केही स्नेहीहरूलाई बोलाउन भन्दा पनि सम्झिन भ्याएको थिएँ उहाँहरू आइदिनुभयो । यहाँसम्म कि सिन्धुपाल्चोकबाट साथीहरू आइदिनुभयो । टाढादेखि आएका साथी देखेर खुशी भन्दा पनि असहजपन लाग्दो रहेछ । किन यति धेरै दुख गरे होलान् मित्रहरूले भनेर प्रश्न उठ्दो रहेछ मनमा र आत्मदोषीको अनुभूति हुने रहेछ ।
लेखकहरू स्वयम् किताव किन्ने आँट गर्दैनन्

नेपालको लेखन जगतको मुस्किल भनेकै लेखकहरू नै किताब नकिन्ने प्रवृत्ति हो । विमोचन कार्यक्रम राख्ने र महत्वहीन तवरले पुस्तक बाँड्ने संस्कार सायद सम्भ्रान्त लेखकहरूले चलाए होलान् जो पैसा खर्च गर्नकै लागि पुस्तक लेख्छन् र छाप्छन् । श्राद्घमा बिरालो बाँद्घने परम्पराजस्तो गरी अरु गरिव लेखकहरू र प्रकाशकहरूले पनि यसको सिको गरेकाले होला विमोचनको अर्को नाम पुस्तक बाँड्नु भएको । पहिलो कुरा लेखकको अत्यन्त ठूलो परिश्रम परेको चिज, दोस्रो कुरा अथाह धनराशी खर्चेर प्रकाशन गरिएको चिज सित्तैमा बाँड्ने कुरा आपैंmमा अनौठो छ । हामी गएका कुनै विमोचन समारोहमा कसैले पुस्तक वितरण गरेन भने बोलाएर पुस्तक पनि दिएन भनेर गाली गर्ने वानीको विकास भइसकेको छ हामीलाई । मेरो विचारमा विवाहको दाइजो संस्कार र लेखक भएर कार्यक्रम गरी पुस्तक बाँड्ने परम्परा उस्तै हो । धेरै मेहनत र परिश्रम र धनराशी खर्च गरेर प्रकाशन गर्ने लेखकलाई त अरुहरूले सहयोग पो पु¥याउनु पर्ने हो तर हामीसँग त्यस्तो वुद्घि र विवेक छैन । सित्तैमा लिएको किताब हातमा बटार्दै गर्दा मेहनत गर्ने लेखक र प्रकाशकको आँखा कति रसाउँदो हो । यस्तै विडम्वनापूर्ण क्षण आत्मसाथ गरिरहेका छौं हामी कलम चलाउनेहरू ।
भोकासुरको विमोचनलाई त्यस्तो नबनाउने अठोट गरे केशब पराजुलीले । उदघोषक मित्र जितु खड्काले केशबजीको समाचार सम्प्रेषण गरे दुई वटा किताबको मूल्य छुटसहित मात्र रु १०० मा । केही नयाँ सर्जकहरूले त्यो समाचारलाई स्वीकार गरेको देखियो तर पुराना पिँढीका धेरैको अनुहारमा अनौठो भाव सञ्चार ग¥यो त्यस सूचनाले । धेरैले किन्नुभएन । कार्यक्रम सकिएपछि पुस्तक नपाएको गुनासोले लेखकको कान भरियो ।
हामी पुस्तक कसका लागि लेख्छौं ? जब लेखक नै असल पाठक बन्ने योग्यता धारण गर्दैन भने लेख्छ कस्तो र लेख्छ कसका लागि ? मलाई चिमोटिरह्यो यस प्रश्नले । मलाई एकपटक मेरो आफ्नै लेखनीप्रति टिठ लागेर आयो । यस्तो अनुभूति म स्वयम् लेखक भएकाले आएको हो कि ? मैले आपूmलाई जाँच पनि गरें तर यथार्थ यस्तो थिएन । किनभने लेखनको प्रारम्भिक कालपछि मैले कुनै पुस्तक पनि विमोचन गरेकै छैन तर यदाकदा गइने कार्यक्रममा किन्ने कुरालाई गच्छेअनुसार स्वीकार गरेकै छु । भोकासुर पढ्नु भयो भने पाठकहरूले थाहा पाउने छन् विमोचन र सञ्चारमाध्यमको गठजोडले अग्लिएका साहित्यिक कदहरूप्रति मैले धेरै कटाक्ष गरेको छु ।
कार्यैक्रमको अन्तमा वरिष्ठ साहित्यकार मोहनराज शर्मा (मोरास)ले व्यङ्ग्य गर्नुभएको थियो , हामी गरिव छौं गरिवलाई पुस्तक होइन खाना चाहिन्छ । ्
यो विमोचन समारोहमा बोल्ने वरिष्ठ व्यक्तित्व शर्माले स्रोताहरूको पाटो पनि खोतल्नुभयो । धेरै हास्यव्यङ्ग्य सिर्जना सुन्नुभएका उहाँको अभिव्यक्ति थियो हामीले हाँस्न पनि बिर्सिसकेका रहेछौं ।
विमोचनजस्ता कार्यक्रमबाटै परै बस्दै आएको मलाई यो कार्यक्रमले भने केही नयाँ अनुभूति गराएको छ जसले आउँदा दिनहरूलाई प्रभाव पार्ने छ ।