कुशेऔंसीको महत्व र यसको वैज्ञानिकता
1999 पटक पढिएको
-बद्रीप्रसाद दाहाल
यसपालि कुशेऔंसी यहीभदौ २० गते बिहीवार पर्न गएको छ । हाम्रो समाजमा प्रचलित चाड,पर्व र व्रतमध्ये कुशेऔंसी पनि एक महत्वपूर्ण पावन दिनको रुपमा अनादि कालदेखि मनाउ‘दै आएको महान् सांस्कृतिक पर्वको तिथि हो । ‘ कुशेऔंसी,गोकर्णेऔंसी वा बाबुको मुख हेर्ने औंसी’ आदि रुपमा संबोधन गरिएको यो उत्सव संपूर्ण नेपालीहरुको साझा चाडको रुपमा स्थापित छ ।भदौको कृष्ण पक्षमा यो महोत्सव पर्दछ । मूलतः देवकार्यको लागि शुक्लपक्ष उत्तमहुन्छ भने पितृकार्यको निम्ति कृष्णपक्ष राम्रो भनेर हाम्रा शास्त्रीय सूक्तिहरु निर्देश गर्न पुगेका छन् ।पितृ उध्दारको यो पर्व हाम्रा सोह्र संस्कारलाई सार्थक,शुध्द,पवित्र र कर्मकाण्डीय विधान सफल बनाउने केन्द्रीय महातिथिको रुपमा संपूज्य रह‘दै आएको छ । किनकि जन्म संस्कारदेखि मृत्यु संस्कार सम्म कुशविना हाम्रो कर्म नै अपूरो र अधुरो हुन्छ ।देवता एवं पितृकर्म योग,ध्यान,जप,संन्ध्या वन्दनादि सबैमा कुशको अनिवार्यता हाम्रा पध्दतिले झल्काएका छन् ।कुशासनमा बस्नु,कुशको औंठी देवाकार्यमा सॉहिली र पितृकार्यमा चोर्नी औंलामा लगाउनु,कुशलाई कटिप्रदेशमा सिउरिनु धार्मिक एवं वैज्ञानिक दृष्टिकोणबाट अत्यन्तलाभदायक छ । हाम्रो शास्त्रीय प्रमाण यसरी बोल्छ—नास्य केशान् प्रवपन्तिनोरसि ताडमाध्नते’ अर्थात् — ः कुशधारण गर्नाले कपाल झर्दैन,छातीमा आघात पर्दैन, हृदयाघात (हार्ट अट्याक ) बाट बच्न सकिन्छ ।यसले दूषित वातावरणलाई परिशुध्द बनाउ‘छ । यसैले हाम्रा शास्त्रकारहरु गर्जिएर भन्छन्—ः
स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वित,तथा संध्याभिवादने।।
वास्तवमा नुहाउ‘दा,जपगर्दा, होृम, स्वाध्याय, सन्ध्या र श्राध्द कार्यभर कर्ताको हातमा कुश हुनैपर्छ,खास गरेर पितृकार्य गर्दा चोर्नी औंलामा कुशको औंठी लगाउन पर्छ भने अन्य संस्कार तथा देवपूजामा साहिली औंलामा लगाउन पर्ने कर्मकाण्डीय विधान रहेको छ । वास्तवमा कुशलाई कुथ , दर्भ , पवित्र आदि नामले संबोधन गरिन्छ ।
वनस्पतिविज्ञ वैज्ञानिकहरु कुशलाई नन कन्डक्टर पदार्थ मान्दछन्, । उनीहरुको तर्क छ — ः पार्थिक विद्युत्प्रवाहले गोडाबाट प्रवेश गरी मानव पिण्डमा सञ्चित आध्यात्मिक शक्तिलाई खिचेर विनष्ट गरिदिन्छ,त्यसैलाई रोक्न कुशको आसनमा बस्नु अनिवार्य हुन्छ ।हाम्रा ऋषि महर्षिले यिनै वैज्ञानिकता लाइ बुझेरै विशिष्ट कार्यहरुमा यसको अपरिहार्यताको दूरवर्ती विचार लिपिबध्द गरिदिएका हुन्।महाकवि कालिदासले रघुवंश महाकाव्यमा कुशलाई बिम्ब बनाएर कतिसुन्दर कथन दिएका छन्– ‘ कुशाग्रबुध्दे कुशली गुरुस्ते’ । जरो आएका बिरामीको जरो ओराल्न,पिनास फुक्न,गउ‘तमन्त्रन,कुशनै आवश्यक पर्छ । आयुर्वेद विज्ञानमा यो वनस्पति बहुमुखीऔषधिको रुपमा अब्बल भूमिका निभाउन युगौंदेखि सफल ह‘ुदै आएको छ । पवित्र र असंक्रामक कुश प्राणी जगत्को एक महौषधिहो । यस्तो पवित्र अमृत बुटी उखेल्ने यो पर्व धार्मिक,सांस्कृतिक,वैज्ञानिक सबै क्षेत्रका लागि चासो र उत्साहको पावन दिन बन्न गएको छ । यो वनस्पति उखल्ने बेला पूर्बवा उत्तरा भिमुख भएर निम्नश्लोकले प्रार्थना र पूजा गरी पढिने गरिन्छ जस्तै—‘
‘ विरञ्चिना सहोत्पन्न ! परमेष्ठिनिसर्गतः ।नुदःसर्बाणिपापानि,दर्भं स्वस्तिकरो भव ।।’यसको आसयहो , हे कुश!तिमी सृष्टिकर्ता ब्रह्मास‘ग ैयहॉ जन्मियौ,तिमीसित संपूर्ण पापनाश गर्ने क्षमता छ,अतःतिमी कल्याणका प्रतीक छौ ।त्यसैले तिमीलाई नमस्कार छ ।यो प्रार्थनापछि प्रत्येक पटक ‘‘ॐ हु‘ फट् ’’ मन्त्र पढेर जरा सहित कुशलाई उखेल्नु पर्दछ ।त्यसैले त कुश विष्णुको प्रतीक मानिन्छ । विष्णु भनेको वातावरणीय सन्तुलन कायम गराएर बचाउन परिवेश दिने पालकशक्तिहो । पुराणहरुमा वृन्दाको सतीत्व माथि छद्मभेषी विष्णुले हमला गर्दा श्राप परेरकुशको घॉस बन्नुपरेको कथा प्रसङ्ग पनिआउ‘छ ।जेहोस् विष्णु भनेको जीवनको जीवन्तता सिर्जना गराउने तागतको नामहो , जसलाई कुशजस्तावनस्पतिले सार्थकता दिन्छ । पहिला–पहिलाकुश राम्ररी उखेल्न जान्नेलाई कुशल भनिन्थ्यो कालान्तरमा यो शब्दले व्यापकता पायो र जुनकुनै क्षेत्रमा दक्षता देखाउन सक्ने सीपवान् प्रतिभाशाली हरुको विशेषणको रुपर्मा प्रचलित हुन गयो।कुशेऔंसीले एकातिर कुशजस्ता जीवनोपयोगी तमाम वनस्पतिकाअपूर्ब सामथ्र्य गान गाएको छ भने अर्कोतिर यही दिनले आफ्ना परम पूज्यपिताको स्मृति,श्रध्दागर्दै ‘पितृ देवो भव’को उद्घोषमा अझ सुघोष थपेको छ । यहीदिन आफ्ना जीवित पितालाई भेट्न कयौं छोरीबेटीउपहार तथा विशेष मिष्टान्न र फलफूल लिएर जन्मघर जान्छन् भने छोराहरुले पनि पितामा े सुस्वास्थ्य कामना टक्य्राउ‘दै दण्डवत् प्रणाम गरेर वस्त्र,आभूषण वा मनपर्ने खानेकुरा प्रदानगर्ने चलन छ । भगवान् विष्णुको रौंको अर्को रुप नै कुशहोपनि भनिन्छ । यो कथाले विष्णुतत्वको उपादेयतालाई स्पष्ट पार्दछ ।
यो दिन पुरोहितले कुशलिएर आफ्ना जजमानकहॉ जान्छन् । अनि यजमानहरुले कुशको पूजा गरेर त्यसलाई स्पर्शसाथ नमन गरी सुरक्षित ठाउ‘मा राख्दछन् । यजमानहरुले पनि पुरोहितलाई भोजन दक्षिणा दिएर संमान गर्दछन् । यसरी कुशेऔंसीपर्व संपूर्ण सनातनीहरुको प्रेरणास्पद पर्व हो ।वास्तवमायो चाड धार्मिक,सामाजिक,सांस्कृतिक,वैज्ञानिक,पर्यावरण र चिकित्सा विज्ञानको दृष्टिबाट हेर्दा गम्भीर रहस्यले भरिपूर्ण छ ।हाम्राहिन्दु परंपरा कर्म, भक्ति र ज्ञानको उद्घोष पर्व हो ।यहीदिन उखेलेको कुशमात्रबाहृै महिनाका लागि शुध्द,ताजा,पवित्र,देव तथा पितृकार्यहरुमा ग्राह्य हुन्छन् ।अन्य अमावास्यामा उखेलेका कुशको म्यादभने एक महिनाका लागि मात्र प्रयोजनीय मानिन्छ । सोमवारको कुशेऔंसीमा उखेलेको कुशभने बाह्र वर्षसम्म उत्तिकै शक्तिशाली हुन्छ अर्थात् मिति गुज्र‘दैन । त्यसैगरी पूर्णिमा तिथिमा उखेलेका ेकुशपन्ध्र दिनको लागि नै सीमित रहन्छभने अरु तिथिहरुमा उखेलेका कुशका आयु त्यही दिनको प्रयोजनार्थ मात्र हुन्छन्।
कुश मानवले धारण गर्दा आयु बढ्ने र प्रदूषित वातावरण पनि ठीक हुन्छ भनी हाम्रो वेदले बताएको छ । यसलाई जलमा राख्नु भनेको पानीको शुध्दीकरण गर्नु हो । जपगर्दा , पूजा— पाठ र यज्ञहरुको अनुष्ठान गर्दा प्राप्त शक्तिलाई रक्षागर्न कुशलाई आसनको अलावा परिधानमा पनि प्रयोग गरिन्छ । कुशको चगटीमा बसेर सन्जे , जप , ध्यान , पूजाहवन र श्राध्दगर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानवदेहलाई प्रभावपार्न सक्दैनन् भने सानाभन्दा साना डरलाग्दा रोग फिंजाउने भाइरसहरु पनिनिष्कृय हुन्छन् । यहीकारण कुशे औंसी स्वयं आफ्नो शारीरिक सुरक्षाअर्थात् रक्तचापको सन्तुलन कायम गराउने बूटी सञ्चयगर्ने पावन दिनभएरै महनीय बन्न पुगेको हो । यो तिथि जीवीत पितृहरुको संमान , परलोकवासी पितृहरुको श्राध्द एवं तर्पणबाट आध्यात्मिक श्रध्दाभर्दै अपूर्व वनस्पति कुशको बहुआयामिक महत्वबोध पुस्तान्तरणमा हस्तान्तरण गर्ने महिमा मण्डित पर्व हुनपुगेको हो । पहिला—पहिलाहाम्रा गाउ‘घरमा जरोको विरामीलाई सन्चो गराउन श्रीमद्भागवत्को ज्वरस्तुति पाठ गर्दा कुशको अग्रभागपानीमा चोबलेर बिरामीको शरीरमा स्पर्श गर्दै शुध्द तरिकाले पाठ गरिन्थ्यो । १०५ सम्मको जरोको जरै उखलेर बिरामी सद्दे भएको अनुभव हामीलाई ताजै छ । हाम्रा पुर्खाहरु जसलाई हामी ‘ ऋषयो मन्त्रद्रष्टारः ’ भनेर संबोधन गर्दछौं , उनीहरुले अन्धविश्वाशको मोहमा डुबेर कुशलाई विष्णु भनेका होइनन् , विष्णु अर्थात् पालकत्व शक्ति प्रचूर मात्रामा कुशमा भएकैले ‘वनस्पतयःशान्ति ’ भन्ने गद्गान भर्दै कुशको औषधि विज्ञानको गरिमाबोध गराएका हुन् । आयुर्वेदले त यसको बहुआयामिक असरलाई सुन्दर ढङ्गले आफ्ना भैष्मज्यरत्नावली हरुमा उपस्थित गराएर यसको सार्वकालिक र सर्वपक्षीय उपादेयता पुष्टि गरेको छ ।
०इति०