सुत्केरीको ज्यानै लियो नागढुङगा-नौबिसेको जामले ,२४ दिनकी सुत्केरीको मृत्यु

599 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ २१ भदौ /त्रिभुवन राजपथको नौबिसे–नागढुंगा खण्डमा लागेको सवारी जाम छिचोल्न एम्बुलेन्सले समेत बाटो नपाउँदा शुक्रबार बिहान नौबिसे–८ मजुवा (दोभान) धादिङकी ३१ वर्षिया स्वस्तिका तामाङको ज्यान गएको छ । ज्वरोले थलिएर २४ दिनकी सुत्केरी तामाङको उपचारका लागि लैजाँदै गर्दा नागढुंगा पुगेपछि एम्बुलेन्समै मृत्यु भएको हो । सामान्य अवस्थामा बढिमा २० मिनेटको बाटो पार गर्न तीन घण्टा कुर्नु पर्दा तामाङको मृत्यु भएको एम्बुलेन्स चालक कृष्णभक्त उप्रेती बताउँछन् । विचरीको जामले नै प्राण लियो समयमै अस्पताल पु¥याउन नसकेकोमा पश्चाताप गर्दै उप्रेतीले भने । विहान सवा पाँच बजे नौबिसेबाट बिरामी बोकेर छुटेको बा ३ च ४३७३ नम्बरको एम्बुलेन्स सवा आठ बजे नागढुंगा पुगेको थियो । ज्वरोले थलिएकी उनको समयै उपचार हुन नसकी मृत्यु भएको हो । तीन दिनदेखी ज्वरो आएको उनी मेडिकलको औषधी खाएर घरमै बसेकी थिइन् । हिजो विहान नौ बजेतिर वेहोस भएर ढलेपछि धामी झाँक्री लगाइयो । भाग्यले नै ठगेपछि के गर्नु यही बेलामा ठुलो जाम रहेछ नागढुंगामा पुगेपछि उनले प्राणै त्यागिन, बचाउन सकिएन स्वस्तिकाका जेठाजु पर्ने माइला तामाङले भने । चार सन्तानकी आमा स्वस्तिकाको पछिल्लो समय जन्मिएको छोरो २४ दिन भएको तामाङले बताए । छोरो १३, छोरीहरु ९ र ६ वर्षका र नवजात शिशुको विजोग भएको उनी बताउँछन् ।