धादिङमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने ६३ जना लाई शिक्षा दिवसमा सम्मान

610 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२३ भदौ ः राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय सारक्षरता दिवसको अवसरमा धादिङमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्ति र संस्थालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय धादिङले गत प्रवेशिका परिक्षामा जिल्लावाट सर्वोकृष्ट अंक ल्याएर जिल्ला प्रथम भएका रविन थापा मगर, सामुदायिक विद्यालयवाट उत्कृष्ट अंक ल्याउन सफल भिमसेन श्रेष्ठ र शारदा त्यसैगरी संस्थागत बाट उत्कृष्ठ हुन सफल सुमिात्र लम्साललाई जनही नगद २५ सय र प्रशंसा पत्र दिएर सम्मान गरेको छ ।
शिक्षा दिवसकै अवसर पारेर ३२ बर्ष सम्म सेवा गरेर अनिवार्य अवकाशमा जाने तयारीमा रहेका शिक्षकहरु नलाङ माविका टंकनाथ शर्मा, वागेश्वरी उच्च मावि रिचोकटारका विनोदकुमार त्रिपाठी र देउराली प्रावि सल्यानकोटका कृष्णप्रसाद तिमिल्सिनालाई दिर्घ सेवा सम्मान प्रदान गरेको छ ।साक्षर अभियान कार्यक्रम संचालन गरेर लक्ष्य प्राप्तिका लागि सहयोग गर्ने विभिन्न १७ वटा संस्था, बिद्यालयको भौतिक तथा प्रशासनिक सुधारमा उल्लेखनिय योगदान पु¥याउने जनज्योती निमावि सल्यानटारका अध्यक्ष रामप्रसाद उप्रेती,धुसेनी निमावि खरीका अध्यक्ष रजनेश अधिकारी र महेन्द्र उच्च मावि सांखुका अध्यक्ष मनराज भण्डारी सम्मानित भएका छन । त्यसैगरी श्रोत व्यक्तिहरुको तर्फवाट महाकाली उच्च मावि श्रोत केन्द्रका श्रोत व्यक्ति रामजी गौतम लाई सम्मानित गरिएको थियो ।
शिक्षा दिवसकै अवसरमा शिक्षक तथा वालबिकास केन्द्रका सहयोगी कार्यकर्ताहरु समेत गरी सामुदायिक बिद्यालयका शिक्षक २० जना, वाल विकास केन्द्रका सहयोगी कार्यकर्ता ३ जना,संस्थागत बिद्यालयका शिक्षक ३ जना र बिद्यालय कर्मचारी एक जनाका साथै गत बर्षको राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रिय पुरस्कार प्राप्त गरेका शिक्षक तथा बिद्यालय कर्मचारी ८ जना सहित ४२ जनालाई सम्मान तथा पुरस्कृत गरेको हो । यसै गरी शिक्षा दिवसको अवसर पारेर जिल्ला शिक्षा कार्यालयले शैक्षिक दर्पण वार्षिक स्मारिकाको पहिलो अंकको विमोचन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल, जिल्ला शिक्षा समितिका अध्यक्ष स्थानीय विकास अधिकारी रुमेश न्यौपानेले संयुक्त रुपमा स्मारिकाको विमोचन गरेका थिए ।