अमेरिकाको केन्टकी राज्यको लेक्जिङटनमा २ महिने बालकको मृत्यु प्रकरणमा बुवाआमा पक्राउ

44 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । अमेरिकाको केन्टकी राज्यको लेक्जिङटनमा २ महिने बालकको मृत्यु प्रकरणमा आफ्नै बुवाआमा पक्राउ परेका छन् । अनुहारमा धेरै चोटपटक सहित मृत फेला परेको २ महिनाको बच्चाका आमाबुवालाई बुधबार पक्राउ गरिएको अदालतका कागजातहरूमा जनाइएको छ । बच्चाको मृत्यु गतबर्षको जुनमा भएपनि बाबुआमालाई अहिले पक्राउ गरिएको हो

३१ वर्षीय राहर राई र ३४ वर्षीय चन्द्र मगरका लागि जारी पक्राउ पूर्जिमा गतबर्षको जुन २०२३ मा लेक्जिङट प्रहरी सेन्टर पार्कवेमा रहेको उनीहरुको अपार्टमेन्टमा पुग्दा मृत २ महिनाको शिशु फेला परेको उल्लेख छ ।

शिशुको अनुहार र खुट्टामा गहिरो टोकेको निशानहरू भेटिएका थिए जुन निको हुने विभिन्न चरणहरूमा थिए। शिशुको खुट्टामा गहिरो टोकेको निशान थियो भने र खोपडी, आँखा र टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो ।

पोस्टमार्टम रिपोर्टले बच्चालाई आन्तरिक रक्तस्राव भएको र धेरै आन्तरिक चोटहरू रहेको खुलासा गरेको थियो । बाह्य चोटहरु पनि विभिन्न चरणहरूका थिए । बच्चाको मृत्यु हुनुभन्दा एक साताअघि उनीहरुको अर्को ४ बर्षीय बच्चाले दुव्र्यवहार गरेको देखेको आमाले स्वीकार गरेको रिपोर्टमा उल्लेख छ । ४ बर्षीय अर्को बच्चाको दुव्र्यवहारबाट शिशुको मृत्यु भएको देखिएको छ । बाबुआमाले बच्चाको लागि चिकित्सा उपचार नखोजेको पनि कागजातमा उल्लेख छ । शिशुको आमाले शिशुका चोटपटक नदेखेको बताएकी थिइन् ।

बाबु बुबा चन्द्र मगरले बच्चासँगै घरमा दिनहुँ मदिरा सेवन गरेको स्वीकार गर्दै चोटपटक नदेखेको बयान दिएका थिए । राई र मगरलाई दोस्रो डिग्री आपराधिक दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको हो । उनीहरूलाई दुबै जनालाई ११ लाख डलर धरौटी तोकेर फेयेट काउन्टी डिटेन्सन सेन्टरमा राखिएको छ।

उनीहरुलाई विहिबार अदालतमा पेश गरिएको थियो । अदालतमा उनीहरुलाई नेपाली भाषा अनुवादकको सहयोगमा भर्चअल रुपमा पेश गरिएको थियो । बिहिबारको अदालती सुनुवाईमा दुबैजनाले अपराध अस्वीकार गरेका छन् । न्यायाधीशले उनीहरुविरुद्ध थप आरोपहरू आउन सक्ने बताएका छन् भने दम्पत्ति दुवैलाई एकअर्कालाई सम्पर्क नगर्न आदेश दिएका छन् ।

अर्को सुनुवाई मार्च १२ मंगलबारका लागि तोकिएको छ । त्यस्तै फोस्टर केयर सम्बन्धि अर्को मुद्दामा बाबुआमा दुबैका लागि मे २ का लागि सुनुवाई तोकिएको छ ।खसोखासबाट