वन्दको प्रभाव सदरमुकाम धादिङबेसीमा पनि

741 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,३० भदौ / नेकपा माओावादी सहितको मोर्चाहरुको आव्हानमा भएको वन्दको प्रभाव धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा पनि परेको छ । वन्दका कारण सदरमुकामका वजारहरु विहानै देखि खुलेका छैनन भने यहांवाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन । विहान केही बेर खुलेको शिक्षण संस्थाहरु पनि वन्दकर्ताको दवाव पछि वन्द गरिएका छन ।SAM_0024
सदरमुकाम धादिङबेसीका साथै राजधानी प्रवेश गर्ने मुख्य राजमार्गमा पनि वन्दको प्रभाव परेको नेकपा–माओवादीका जिल्ला नेताहरुले दावी गरेका छन । पृथ्वीराजमार्गमा पर्यटक,प्रेस,एम्वुलेन्स तथा अत्यावश्यक सेवाका वाहेक अन्य सवारी साधन चल्न रोक लगाईएको नेकपा –माओवादीका केन्द्रीय सदस्य वाबुराम गजमेरले वताएका छन । यता पृथ्वीराजमार्गमा पर्ने धादिङको भुमेस्थान गाविसमा वन्दकर्ताहरुले दुईवटा सवारी साधनमा क्षती पु¥याएको वताईएको छ । काठमाण्डौवाट पुर्वका लागि छुटेको मकालु यातायातको यात्रु वस र काठमाण्डौ तर्फ जांदै गरेको मालवाहक ट्रक तोडफोड गरिएको हो ।
सदरमुकाम र राजमार्ग क्षेत्रमा वन्दकर्ताहरुको उपस्थिती धेरै नदेखिएपनि वजार,शिक्षणसंस्था,यातायात ठप्प भएको छ भने मुख्य मुख्य चोकमा प्रहरी सक्रियता बढाईएको छ ।