निर्वाचन र सञ्चार सम्बन्धी तालिम सम्पन्न

787 पटक पढिएको

सम्पादक: Dhadingnews.com

संगिता आलेमगर

धादिङ/ जिल्ला निर्वाचन कार्यालय धादिङले आयोजना गरेको जिल्ला स्तरीय निर्वाचन र सञ्चार सम्बन्धी २ दिने तालिम आईतवार धादिङबेसीमा सम्पन्न भएको छ ।
मंसिर ४ गते हुने भनिएको संविधान सभालाई लक्षित गरी सञ्चालन गरिएको तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत ३० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
तालिममा जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत रामकृष्ण अर्याल, रेडियो विहानीका स्टेशन म्यानेजर सुदर्शन खतिवडा, रेडियो धादिङका समाचार प्रमुख सानुबाबु तिमल्सिनाले संविधान सभा, निर्वाचन प्रणाली र समावेशी ब्यबस्था कसरी गर्ने, निर्वाचन सम्बन्धी कानुन र आचार संहिता, निर्वाचन सामग्रीको प्रयोग, लैङिगक मैत्री सञ्चार र निर्वाचनका बिषयमा समाचार लेखन र प्रस्तुतीकरण, मतदान प्रक्रिया , मताधिकार एबम् मतदाताको भूमिकाका वारेमा सहभागिहरुलाई जानकारी गराईएको थियो । यसैगरी तालिममा सिमान्तिकृत र पिछडिएको बर्गलाई सम्बोधन कसरी गर्ने , निर्वाचन पर्यवेक्षणm निर्वाचन विवाद निरुपण र मिडिया अनुसन्धान र आचार संहिता लगायत बिषयबस्तुहरुको बारेमामा पनि सहभागिहरुलाई जानकारी गराईएको थियो ।