स्वाभिमान्का प्रतिमूर्ति लौह— मानव गणेशमान !

673 पटक पढिएको

सम्पादक: Dhadingnews.com

                                                            -बद्रीप्रसाद दाहाल 

नेपालका सर्वोच्च नेता लौह मानव गणेशमानको स्मृतिदिवस असौज २  गते पर्छ भने यिनको जन्मजयन्ती कार्तिक २४ गतेको पुण्य दिन हो । लोकतान्त्रिक इतिहासका सङ्घर्ष पुरुष गणेशमानको जन्म वि. सं.१९७२ कार्तिक २४ गते काठमाडौं यटखा टोलमा भएको थियो । हरिमान सिंहका नाति सुब्बा ज्ञानमान र सुभद्रा कुमारी ( सानुनानी) का ज्येष्ठ सुपुत्रको रुपमा जन्मेका गणेशमान नेपालका क्रान्ति पुरुष, लोकतान्त्रिक आन्दोलनका शीर्षस्थ व्यक्तित्व , राष्टियता ,लोकतन्त्र , समाजवादका स्तम्भ र फलामे पुरुषको रुपमा परिचित नाम हो । ‘ उल्टो मन्त्र जपेर ईश्वरको दर्शन चैं पाइ‘दैन , यो शरीरमा रगतको एक थोपा रहुन्जेलसम्म कसैलाई धोका दिन्न , एकपटक बाघलाई चढिसकेपछि त्यो बाघबाट आजसम्म कोही तानाशाहहरु उत्रेको छैन फेरि सदाको निम्ति बाघको पिठ्यू‘मा बसौं भन्दा त्यो पनि संभव ह‘ुर्दन ।’ माथिका यी यथार्थ एवं कालजयी भनाइमा ईश्वरीय साक्षात्कार , आफ्नो अटल प्रतिज्ञा अनि सत्ताधिस्थ तानाशाहहरुका दुर्दम्य प्रकृतिको कति अनुभूतिजन्य, सूत्रात्मक र सटिक विश्लेषण छन् । निश्चय नै ईश्वरीय चिन्तन, लोकजीवनमा यौटा सङ्ग्राम पुरुषले दिने विश्वासको जन राजनीति , अनि तानाशाही चिन्तनले गॉजेको मस्तकको अदूरदर्शी सोचका तन्तु–तन्तु केलाउने गणेशमानको खुवी स्वतन्त्र बौध्दिक चिन्तकहरुको लागि समेत उर्जा नै बन्न पुगेको छ । images (1)
छ वर्षको कलिलो उमेरमै पितृवियोग सहन बाध्य ‘ गणेशमान ’ सिंहपरिवारमा लामो अन्तरालपछि जन्मिएका नाति भएकै कारण सबैको खुसी र उत्साहका प्रतीक हु‘दा ‘ हिरा ’ समान ठानिएर घरायसी नाम हिरा र काजी खानदानका भएको हु‘दा ‘ हिराकाजी ’ बोलाउने नाम हुन पुग्यो । ‘हुने विरुवाको चिल्ला पात’ भनेझैं गणेशमान सानैदेखि नै मेधावी, साहसी र स्वाभिमानी थिए । तत्कालीन राणाशासनमा हुने हैकमवादी तथा चाकडी प्रवृत्ति देखेर उनको मनमस्तिष्कमा विद्रोही भावना झाङ्गिएको थियो । उनका आफ्ना बडाबाजे काजी रत्नमानको त्यो समय विशेष धाक–रबाफ थियो । त्यो बेलाको संभ्रान्त परिवारमा जन्मिएका कारण गणेशमानको प्रारम्भिक शिक्षा घरमै मास्टर राखेर भयो । केही समयपछि उनलाई दरबार हाइस्कूलमा कक्षा पॉचमा भर्ना गरियो । कक्षा छमा अध्ययन गर्दा ताक गणेशमानले आत्मालोचना गर्दै निष्कपट भाव यसरी व्यक्त गरेका छन् ‘ छ कक्षामा हु‘दा म अलि मापा खालको थिए‘ , त्यसैले कक्षामा म जसलाई पायो त्यसलाई पिट्दथें । एक दिन त्यही कक्षामा पढ्ने राणाजीलाई पिटिदिएछु , त्यस कारण मलाई हेडमास्टरले बोलाएर बेतको लठ्ठीले पिट्नसम्म पिटे ,लगत्तै म स्कूलबाट भागेर घर आए‘ त्यसपछि त विद्यालय नै जान छाडिदिए‘ । ’ यो घटनाले उनलाई झन् राणाविरोधी बनायो ।

राणाजीको छोरोलाई कुटेको हु‘दा माफी माग्नु अनिवार्य थियो तर गणेशमानले भने –‘विद्यार्थी–विद्यार्थीबीच सानो र ठूलो भन्ने भेद राख्न हु‘दैन , सबै विद्यार्थी बराबर हुनुपर्छ ’ भन्ने बुलन्द आबाज घन्काए । तर उनको यो भनाइ सुनबाइ नभए पछि वि.सं. १९९३ तिर उनी कलकत्तातर्फ लागे । यस क्रममा उनले विद्या सागर कलेजबाट प्राइभेट परीक्षा दिएर म्याट्रिकुलेसन गरे । त्यसपछि कलकत्ता कै प्रेसिडेन्स कलेजमा आइएस्सीमा भर्ना भए । भारतमा त्यो बेला अङ्ग्रेज साम्राज्यविरुध्द भारतीय जनताको आन्दोलनले क्रमसः आकार ग्रहण गर्दै थियो । यो क्रान्तिकारी परिवेशले गणेशमानको युवा मष्तिष्कलाई पनि हल्लायो । भारतका राष्टपिता एवं शान्तिदूत मोहनदास करमचन्द गान्धी , महमद अली जिन्ना , सुभासचन्द्र बोष, बल्लभ भाइ पटेल र जवहारलाल नेहरुजस्ता स्वतन्त्रता सेनानीहरुको सङ्गतबाट उनको क्रान्तिचेतले उन्नयन ग्रहण गर्न लाग्यो । यसै सिलसिलामा नेपालमा परिवर्तन को महान् इरादा लिएर गणेशमान नेपाल फर्किए । महात्मा गान्धीलाई प्रेरणास्रोत बनाएकैले उनी भन्ने गर्थे–‘ म महात्मा गान्धीझैं देवता बन्न राजनीतिमा लागें’ यो उक्ति राजनीतिलाई समाजसेवाको उदात्त कर्मको रुपमा चित्रण गर्न सामथ्र्य राख्दछ । हो, हिजोआज राजनीति गर्नु भनेको धनाढ्र्रय बन्नु र समाजमा विशिष्ट अभिजन बन्ने अवसर हो भन्ने गलत मान्यता मौलाएको छ । यो सामन्ती चिन्तनलाई गणेशमान सधैं दुत्कार गर्दथे । राजनीतिलाई देवत्व आचारको रुपमा ठम्याउ‘ने उनको मनमष्तिस्क गीतादर्शनबाट अनुप्राणित छ । त्यसै भएर त उनको दरो मान्यता थियो— ‘ राजनीतिबाट नैतिकता झिकिदियो भने व्यापार हुन्छ ।’ हो, निश्चयनै आज नेपालको राजनीति तुच्छ खाले वणिक् कर्मको दल दलमा फसेर दुर्गन्धित बन्न पुगेको छ । ठेक्कापट्टा र कमिसनको गोल चक्करको अक्करमा आजका राजनीतिज्ञ उपसिरहेका छन् । महामानव बीपीले पनि गणेशमानको मन, वचन र कर्मको एक रुपता देखेर नतमस्तक हु‘दै भनेका थिए —‘ गणेशमान साहसका प्रतिमूर्ति र राष्टियताका अटल पुजारी हुन् । उनको राष्टियताप्रतिको दृढ मान्यता कुनै पनि तागतले हल्लाएर हल्लिनेवाला छैन ।’ वास्तवमा प्रतिबन्धित कालमा ‘दल’ भनेको जनहितको लागि परिवर्तन चाहने शक्ति हो , मूल्यमान्यताको आदर्श राजनीति गर्ने संस्था हो । ‘नेता’ भनेका त्यागका सुन्दर प्रतिमूर्ति हुन् भन्ने देवत्व मान्यताले घर गरेको थियो । त्यसैले त त्यो बेलाको अठोट यसरी बोल्थ्यो — े ‘‘ क्रान्तिपुत्र भै नेपाल आमाको मुहार ह‘साऊ‘, जीवन वलिदानको लागि हो ।’’ बिडम्बना ! नेपालमा आज भने दलहरु स्वार्थी, अवसरवादी , दलीय आदर्शबाट स्खलित गुटको मात्र झुण्ड हुन पुगेका छन् । उता नेताहरु चिन्तनहीन, राम्रोलाईभन्दा हाम्रोलाई प्राथमिकता दिने र त्यागीको ठाउ‘मा रागी, दागी तथा परिजन मै रमाउने नीच प्रवृत्ति हाबी भैरहेको छ ।
कलकत्ताबाट नेपाल आएछि सहिद गङ्गालालसित राजनीतिक पार्टी खोल्ने सल्लाह गणेशमानले गर्दा गङ्गालालले भनेछन् ‘ त्यो प्रजापरिषद् भन्ने पार्टी खुलेकै छ त्यसैलाई खोजौं’ यसै सिलसिलामा गणेशमान सिंह र गङ्गालालले काठमाडौंको शोभा भगवती मन्दिरमा धर्मभक्तसमेत भएर सो दलको पार्टी सदस्यता लिएको रोचक कथा छ । लगत्तै उनको १९९७ वि.सं.मा मङ्गलादेवीसित विवाह भयो । प्रजापरिषद्का मुख्य हस्तीहरु– टङ्कप्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा, चूडाप्रसाद आदिसित बसउठ बढेको पत्ता लागेर ०९७ साल कार्तिक २ गते गणेशमानलाई राणाशाहीले पक्राउ ग¥यो । त्यस क्रममा गिरप्mतारमा परेका सबैलाई निर्मम यातना दिइयो । गणेशमानलाई अंश सर्वस्वसहित आजीवन कारावासको दण्ड सुनाइयो । जेलमा वहॉलाई राणाहरुकै उपस्थितिमा उल्टो झुण्ड्याएर पिट्थे, रगत बान्ता गर्दा पनि निर्ममतापूर्बक यातना दिएर क्रूर पाशविकता खेती चलाउ‘थे राणाका भरौटेहरु । त्यति वेलाका वरिष्ठ राजनीतिज्ञ होराप्रसाद जोशीले भनेका छन् —‘ प्रजातन्त्रका लागि गणेशमानजीले जति दुःख सहनु भएको छ, त्याग र तपस्या गर्नु भएको छ , त्यति गर्ने मान्छे मैले नेपालमा अर्को पाएको छैन । क्रान्ति युवकबाट मात्र हुन सक्छ भन्ने मान्यता वहॉमा थियो ।’ स्वर्गीय राजनीतिज्ञ श्रीभद्र शर्मा उनको दृढ र साहसी दिचर्यासित नतमस्तक हु‘दै बोले–‘ गणेशमानजी लौह पुरुष नै हुनुहुन्थ्यो , लौह पुरुष भनेको फलाम जत्तिकै जति गर्दा पनि नभॉचिने स्वभाव भएको व्यक्ति हो , जुन वहॉको जीवनको हरेक मोडमा पुष्टि र प्रमाणित भएको छ । त्यसैले त जनताले सहज रुपमा दिएका ‘सर्बमान्य ! सर्बोच्च नेता ! फादर अफ डिमोक्र्यासी ! ’ भन्ने विशिष्ट उपाधिहरु गणेशमानप्रति सार्थक छन् । गणेशमानलाई कति मीठो बिम्बात्मक शब्दचित्रमा प्रस्तुत गर्न पुगेका छन् शेषराज दली–‘ अथक शब्दको मर्मसित अथक नेता गणेशमानको जीवनले मेल खान्छ । ’ निश्चयनै राजनीतिमा आजीवन थकानको अनुभूति एक इन्च पनि नगर्ने गणेशमान निष्काम कर्मवादका उदाहरणीय इतिहास पुरुष थिए । नेपालका प्रसिध्द इतिहासविद् चित्तरञ्जन नेपालीको शब्द सापटी लिएर भन्नु पर्दा ‘ वहॉ साच्चैंको सच्चा राजनेता हुनुहुन्थ्यो , १९९७ देखि जीवन रहेसम्म पछाडि फर्केर नहेरी निरन्तर नेपालको राजनीतिक रङ्गशालामा मोडल राजनेताको छविछायाको दीप्ति दिइरहनु भयो । लौह पुरुष त वहॉ पक्कै हुनुहुन्थ्यो । ’
त्यसैले अधिकांश जानिफकारहरु उनकोबारे निचोडमा पुगेर यो मत राख्नेसित सहमत ह‘ुदै होमा हो मिलाएर स्वरमा स्वर थप्दै पुनरावृत्ति गर्न रुचाउ‘छन् — ‘ गणेशमान मानिसभन्दा धेरै एउटा विचार हो , आम मानिसहरुको संयुक्त इच्छाको एउटा प्राकृत प्रकट हो ,स्वतन्त्र वातावरण र स्वतन्त्र रहने विचार हो । उनी कहिल्यै पनि नमर्ने विचार हुन् । कुनै बेला कहीं कतै नेपालीले कुनै अन्यायको विद्रोह गर्दै सत्य तथ्यको लागि संघर्ष गर्छ भने त्यो व्यक्ति नै गणेशमान हो ।’’ कति गम्भीर आत्मविश्वासको भावना मुखर छ सर्बोच्च नेता गणेशमानप्रति ! गणेशमान सत्य बोल्न कहिल्यै कसैसित डराएनन् । न राणा, न सर्वसत्तावादी राजा न त आफ्नो पार्टीहाइकमानसित नै । त्यसैले त उत्तरार्ध वयमा नेपालका दलमा देखिएका विसङ्गतिसित जनपक्षीय भएर खरो रुपमा पोखिएर बोले – ‘ पार्टीभित्र हिजोआज पद र शक्तिको संघर्ष बढी छ , तर विचारको संघर्ष भने एकदमै कम छ । पार्टीमा नीतिको राज नभएर नेताको हैकम चल्ने प्रवृत्ति बढेको छ । सबैले समान अवसर पाएनन् भने जातीय असन्तोष बढेर जान्छ, साम्प्रदायिकताले देशमा अ–स्थीरता ल्याउ‘छ । ’ े गणेशमानका कालजयी यी विचार विश्लेषण कति दूरवर्ती रहेछन् भन्ने कुरा आज सबैको घैंटामा घामझैंं छर्लङ्ग हुन गै रहेको छ । त्यसै भएर उनले पार्टीनेता भन्दा माथि उठेर यस्ता सूत्र निर्देश गरे —ः‘ लोकतन्त्रमा दलहरुले हमेसा सरकारको मूल्याङ्कन र त्यसको जानाकारी जनसमक्ष गराउनु पर्छ , पार्टीले आन्तरिक एवं बाह्य संवादलाई चलाइरहनु अनिवार्य हुन्छ , राजनीतिक स्थिरताका लागि राज्यका तीन प्रमुख अङ्ग स्वतन्त्र हुनुपर्छ र मानव अधिकार अकुण्ठित रहनुुपर्छ तथा देश हॉक्नेहरुको नैतिक मापदण्ड नेताले अपनाउनु पर्छ , जहॉ संसदीय व्यवस्था –प्रजातन्त्र–राष्टियता र जनताको सबाल हुन्छ त्यह‘ा राष्टिय सहमति हुनुपर्छ । ने.का. लाई दिशानिर्देश गर्दै उनले बोले —‘ प्रजातान्त्रिक समाजवाद अनुसार काङ्ग्रेसले ठूला कार्यक्रम ल्याउन भौतिक पूर्बाधारमा सुधार गर्नु जरुरी छ , शान्तिसंझौता गर्दा जनता र देशलाई अगाडि राखी राष्टिय पू‘जी तथा उद्योगको संरक्षण गर्नु पर्छ , अनि जनआन्दोलनका शक्तिहरु कम्तीमा तीन पटकसम्मको निर्वाचनमा स‘गै जानु अनिवार्य हुन्छ ।’’माथिका यी अभ्यासपरक सूक्ति कथनले सॉच्चै गणेशमान कस्तो राष्टिय स्वाभिमानको धरहरा हो ? कस्तो लोकतान्त्रिक राजमार्गको वास्तुकार हो ? कस्तो न्यायपूर्ण समाजको निर्माण चाहने समाजशास्त्री हो ? कस्तो आर्थिक प्रणालीको व्यूहकार हो ? राष्टिय स्वाभिमानका कति उत्तुङ्ग हस्ती हुन् ? आज उनीमाथि गम्भीर शोध र उत्खननको जरुरी छ । एक दलीय सर्वसत्तावादको वकालत गर्ने उग्र कमिनिष्टलाई आफ्नो नेतृत्वको छातामुनि ल्याएर लोकतान्त्रिक मान्यतामार्फत संयुक्त आन्दोलनद्वारा निरंकुश पञ्चायतलाई फाल्ने पुरुषार्थ उनको चानचुने व्यवस्थापन क्षमता होइन । उनले प्राप्त गरेका अन्तरराष्टिय पु–रस्कारहरुले पनि गणेशमान को हो ? सारगर्भित रुपमा प्रतिध्वनित गरिरहेको छ ।

‘अवसरवादी तत्वले जहिले पनि शब्दको मीठो खेल खेलेर आफ्नो कुकार्य लुकाउन खप्पिस हुन्छन्’ भन्ने सोभियत संघका आइरन म्यान लेलिनको उद्गारलाई दुत्कार नगर्ने उनको लौह व्यक्तित्वले कहिल्यै राजाको दर्शनभेटलाई बिन्ती बिसाएन । भारतीय स्वतन्त्रता संग्रामका सरदार बल्लभ भाइ पटेल, लेलिन र महाभारत पात्र भीष्मसित तादात्म्य राख्ने उनको सगरमाथा छवि सच्चा कविहरुको वर्णनीय विषय बन्न सक्छ । यो कुनै लालचको स्तुति र चाकडीको स्तोत्र नभएर इतिहास पुरुषको स्वाभिमान, संमान, राष्टप्रतिको प्रेम र बहादुरीको उत्खनन हो भन्नु निश्चय नै अति होइन । स्मृतिदिवसकोे यो पावन क्षणमा परिवर्तनका वाहक, क्रान्तिनायक , राष्टियताका प्रबल पहरेदारप्रति श्रध्दा चढाउ‘ने हो भने यहॉका राजनीतिज्ञहरुले देशको सङ्क्रमणकालीन सङ्गीन अवस्थाको मूल्याङकन गरी अर्को गणेशमान भएर सोच्ने ऑट गरौं । जनताको संविधान बनाउने यत्नमा गणेशमानको जस्तै समझदारीको मेलमिलापपूर्ण राजमार्ग तयार गरौं हैन भने फाल्तु भाषणले केही गर्दैन । अनि गणेशमानप्रति सच्चा श्रध्दाञ्जली पनि हुन सक्तैन । अस्तु