मगर महिला स्थापना दिवसको अबसरमा अन्तक्र्रिया कार्यक्रम

531 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/१६ औं मगर महिला स्थापना दिवसको अबसरमा आयोजित महिलाहरुको अबस्था र कानूनी परामर्श सम्बन्धी अन्तक्र्रिया कार्यक्रम बिहीवार धादिङबेसीमा सम्पन्न भएको छ ।
नेपाल मगर महिला संघकी अध्यक्ष कल्पना थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य हरिपाटा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महिलाहरुको पहुँच कसरी अगाडि बढाउने, महिलाहरुको हक अधिकार कसरी सुनिश्चित गर्ने , आगमी हुने संविधान सभाको निर्वाचनमा महिलाहरुको सहभागिता कसरी गराउने, महिला हिंसाको अन्त्य कसरी गर्ने भन्ने विषय बस्तुको बारेमा कानुनी सल्लाहाकार टंक कुमार श्रेष्ठले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाल मगर महिला संघकी अध्यक्ष कल्पना थापामगर, आदिबासी जनजाति जिल्ला समन्वयन समितिका अध्यक्ष एकु थापा मगर ,नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हरिशंकर गिद्धेल मगर, नेपाल मगर संघका केन्द्रिय सदस्य हरिपाटा मगर लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।