भाँचिएको पोल फेरेपछि सदरमुकाममा बल्यो बिजुली
257 पटक पढिएको
धादिङ, १६ भदौ २०८१ । बिजुलीको पोल भाँचिएका कारण अबरुद्ध हुन पुगेको जिल्ला सदरमुकाम र सल्यानटार बाट बितरित बिद्युत्त सञ्चालनमा आएको छ ।
नुवाकोटको देविघाटबाट धादिङ जिल्ला सरमुकाम तर्फ ल्याईएको ३३ केभि प्रसारणलाईन जोडिएको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेमा रहेको पोल आईतबार दिउँसो अचानक भाँचिएपछि सदरमुकाम धादिङबेसी र सल्यानटारको क्षेत्रमा बिद्युत्त लाईन चार घण्टा सम्म अबरुद्ध हुन पुगेको थियो ।
भाँचिएको पोल परिवर्तन गरेर अबरुद्ध बिद्युत्त लाईन नियमित गराईएको नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखाले जनाएको छ ।
दिउँसोको सममया अचानक बिद्युत्त अबरुद्ध हुंदा सदरमुकामका सरकारी कार्यालयका साथै अन्य क्षेत्र समेत प्रभावित भएका थिए ।
प्राधिकरणको प्राविधिक टोली घटनास्थल गई भाँचिएको पोल हटाएर नयाँ पोल जडान गरेपछि बिद्युत्त सञ्चालनमा ल्याएको हो ।
सदरमुकाम धादिङबेसी ल्याईएको बिद्युत्त लाइन पटक पटक हावाहुरी, बाढी पहिरोको चपेटाका कारण अबरुद्ध हुने गरेको छ ।
- तस्बिर : बिद्युत्त कार्यालय धादिङको फेसबुकबाट
One thought on “भाँचिएको पोल फेरेपछि सदरमुकाममा बल्यो बिजुली”
Comments are closed.
9gvl7l