अन्तराष्ट्रिय शान्ति दिवस धादिङमा पनि मनाईयो

765 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ ‘शान्ति र शिक्षा सम्बृद्ध नेपालको अपेक्षा’ भन्ने नाराका साथ अन्तराष्ट्रिय शान्ति दिवस धादिङमा पनि मनाईएको छ ।
स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको आयोजना एवम जिल्ला स्थित विभिन्न गैर सरकारी संस्थाहरुको साझेदारीमा अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा सदरमुकाम धादिङबेसीमा प्रभातफेरीको आयोजना गरिएको थियो । पुछारवजार पुल्चोकवाट शुरु भएको प्रभातफेरी वजारक्षेत्रको मुख्य सडक हुंदै सिरान वजार पुगेर हाटवजार चौतारामा पुगि कोणसभामा परिणत भएको थियो । कोण सभालाई नेकपा एमालेका अध्यक्ष एवम स्थानीय शान्ति समितिका संयोजक खेम लोहनी,शान्ति समितिका पुर्वसंयोजक एवम एकीकृत नेकपा माओवादीका जिल्ला नेता रामवहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सितारामप्रसाद वर्मा लगायतले सम्वोधन गरेका थिए ।दिबसको अबसर पारेर जिल्लाका केही  संचारमाध्यम हरुले  सरोकारवाला हरुसँग छलफल कार्यक्रम प्रसारण गर्ने भएका छन भने आयोजक हरुको तर्फबाट  शनिबार सांझ धादिङबेसिका मुख्य चोकहरुमा दीप प्रज्वलन गरिने बताईएको छ् ।