अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्रसंघ परिवारको सक्रियतामा सिंडी बनाईयो

584 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷ अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्रसंघ परिवारको सक्रियतामा नुवाकोट देखि धादिङ जिल्लाको सेमजोङ गाविस वडा नं १ स्यामोथोला सम्म ५ सय ९० मिटर सम्मको बाटोको सिंडी बनाउने कार्य सम्पन्न भएको छ ।

स्थानीय बासिन्दाहरुको सहयोगमा प्रति व्यक्ति ५ सय ४० का दरले कुल ४ लाख ६३ हजार ५० को लागतमा धादिङको सेमजोङ र मार्पाक नुवाकोट जिल्लाको सामारी, किंताङ, बर्सुन्चेत देउराली र बोम्ताङ गरी ७ वटा गाविसका वासिन्दा दैनिक आवत जावत गर्नेे गोरेटो बाटाको सिंढी बनाउने कार्य सम्पन्न भएको अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्रसंघका अध्यक्ष धनसुर वाईवाले जानकारी दिनु भयो ।