धादिङ जिल्लामा ३ सय २२ मतदान केन्द्र

785 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ आसन्न संविधान सभा निर्वाचनका लागि धादिङ जिल्लामा ३ सय २२ मतदान केन्द्र कायम गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार तीन वटा निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लाको क्षेत्र नम्बर १ का २० गाविसमा ९९ सय वटा मतदान केन्द्र कायम गरिएको छ । त्यसैगरी क्षेत्र नम्बर २ का १६ गाविसका लागि १ सय १३ र क्षेत्र नम्बर ३ का १४ गाविसका लागि १ सय ९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
विगतका निर्वाचनमा कायम रहेका मतदान केन्द्रलाईनै यसपटक पनि कायम गरिएको वताईएको छ । यस पटक पनि २०६४ सालको संविधान सभा निर्वाचनमा कामय रहेका मतदान केन्दलाई निरन्तरता दिईएको छ । यसै बिच जिल्ला निर्वाचन कार्यालय धादिङले जिल्लाभर १ लाख ७१ हजार ३१ जना मतदाता कायम भएको वताएको छ । जिल्लामा मतदाता नामावालीमा नाम कायम भएकाहरुको संख्या क्षेत्र गत आधारमा क्षेत्र नम्बर १ मा ४३ हजार ५ सय २५, क्षेत्र नम्बर २ मा ६३ हजार ६ सय २३ र क्षेत्र नम्बर ३ मा ६३ हजार ८ सय ८३ रहेको छ । जिल्लाभरीमा महिला मतदाताको संख्या ८५ हजार ९ सय ३५ र पुरुष मतदाताको संख्या ८५ हजार ९६ रहेको छ ।