धादिङमा वजार अनुगमन कार्य तिव्र-वजार भरी म्याद गुज्रिएका हल्का पेय पदार्थ र जंक फुड

668 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ, २१ असोज/ चाडवाडको वेला पारेर जिल्लाका होटल तथा पसलहरुमा हुन सक्ने मनोमानी नियन्त्रण गर्न धादिङमा वजार अनुगमन कार्यलाई तिव्र पारिएको छ । अनुगमनका क्रममा वजारमा बिक्रीमा राखिएका अधिकांश हल्का पेय पदार्थ र जंक फुडहरु म्याद गुज्रिएको फेला परेको छ । DSC01372
जिल्ला प्रशासन कार्यालय धादिङ,उपभोक्ता अधिकारका लागि कार्यरत संस्था फियान नेपाल,असलशासन जिल्ला समन्वय समिति तथा जिल्लाका संचारकर्मीहरुको संयुक्त टोलीले सोमवार पृथ्वीराजमार्गको हनुमान नगर,सितलवजार र मलेखुका होटल तथा किराना पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा सात वटा होटलका भान्सा फोहोर भेटिएपछि होटल सम्वन्धित होटल संचालकलाई सचेत गराईएको थियो । होटलमा मुल्य सुचि नराखी खानेकुराको बेच विखन गर्ने, एउटै बस्तुको ग्राहक पिच्छे मुल्य लागु गर्ने,खानेकुराको गुणस्तर सुधारमा ध्यान नदिने होटलहरुलाई पनि अनुगमन टोलीले सचेत गराएको छ । दुई साता अघि पृथ्वीराजमार्गको सलाङघाटमा रहेको चितवन स्टाफ होटल ग्राहकलाई फोहोर मिसिएको खानेकुरा खुवाएको आरोपमा परेको उजुरी उपर छानविन गर्दा होटलको गल्ति देखिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले होटल संचालकलाई ५ हजार जरीवाना गरी तारेखमा राखेपछि यस भेगका होटलहरुमा केही सुधार देखिएको अनुगमन टोलीले जनाएको छ । DSC01458

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको नेत्तृत्वमा खटिएको वजार अनुगमन टोलीले ३५ वटा होटल तथा पसलहरुमा अनुगमन गर्दा कोक स्प्राईट,फ्यान्टा,मिरिण्डा, डिउ लगायतका ६३ वोटल हल्का पेय पदार्थ म्याद गुज्रिएको अवस्थामा बिक्रीका लागि राखिरहेको फेला पारेको हो । यसैगरी बढी चल्ने होटल तथा पसलहरुमा राखिएका जंक फुडहरु पनि म्याद नाघेको अवस्थामा भेटिएपछि विभिन्न प्रकारका गरी ६३ प्याकेट खान अयोग्य जंकफुड र ६३ वोटल हल्का पेय पदार्थ नियन्त्रणमा लिई अनुगमन टोलीले नष्ट गरिदिएको छ ।DSC01362 अनुगमन टोलीले ३५ वटा होटल तथा पसललाई पहिलो सचेत गराउंदै आगामी दिनमा यस्ता कार्य नगर्न चेतावनी दिएको छ ।
दशैका वेला वजारमा हुन सक्ने मनोमानी रोक्न अनुगमन कार्यलाई निरन्तरता दिनुका साथै छतमा राखेर यात्रु ओसार्ने बसहरु माथि पनि कारवाही गरिने वताएको छ ।