रामकोट मण्डली देवीको मन्दिर उद्घाटन

487 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मुरलीभञ्ज्याङ/मुरलीभञ्ज्याङ गाविसको वडा नम्बर –१ राममकोटका स्थानीय बासिन्दाहरुको पहलमा निर्माण गरिएको रामकोट मण्डली देवीको मन्दिर फुलपातीको अवसर पारेर उद्घाटन गरिएको छ ।
रामकोटका ८४ घर धुरीबाट चन्दा संकलन गरी कुल लागत १ लाख ६६ हजार २ सय ३२ रुपैंयाको लागतमा उक्त मन्दिरको निमार्ण कार्य सम्पन्न भएको हो । कार्यक्रममा मन्दिर निर्माण समितिका उपाध्यक्ष लक्षमण मगरको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।