राजमार्गका होटललाई दर्ता हुन निर्देशन
649 पटक पढिएको
अनुगमनपछि धेरै होटेलहरु सुधि्रएको दाबी कोइरालाले गरे। विभागले दसैंअघि गरेको अनुगमनमा धादिङ र चितवनका होटलहरुमा पाइएको म्याद नाघिसकेको हल्का पेयका १ सय २५ बोतल र आलु चिप्सका ४ कार्टुन नष्ट गरेको थियो।
विभागले गरेको अनुगमनमा अन्य जिल्लाको तुलनामा काठमाडौं, ललितपुर र भक्तपुरमा बिक्री हुने खाद्य सामाग्री १० प्रतिशत गुणस्तरहीन भएको निष्कर्ष निकालेको कोइरालाले बताए। तेल, चामल, दाल, नुन, दुध, पानी, सोयाबिन, औषधीजस्ता उपभोग्य वस्तु कतिपय स्थानमा गुणस्तरहीन भेटिएको उनले बताए। उनका अनुसार अनुगमनमा देशभर १ सय ४० जनाको टोली खटिएको छ।
विभागले उपत्यकाका किराना पसल डेरी, फार्मेसी गरी पसलमा गुणस्तरहीन समाग्री बेचबिखन गर्दै आएकाले पसल बन्द गराउनसम्मको निर्देशन दिएको छ। कोइरालाका अनुसार व्यवासयीविरुद्ध जिल्ला प्रशासन कार्यलयमा मुद्दा दायर गरिएको छ।
उक्त पसलहरुमा सरसफाइमा ध्यान नदिएको, म्याद नाघेका सामान बिक्री गरेको, व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल विभागको प्रमाण नभएको, म्याद नाघेका औषधि फेला परेको, म्याद नाघेका पेय पदार्थ भेटिएको, लेबल नखुलाई सामान बिक्री वितरण गरेको, व्यवसाय दर्ता प्यान दर्ता नभएको जस्ता कैफियत भेटिएको विभागले जनाएको छ।
चाडपर्वको अवसरमा उपभोक्तालाई उपभोग्य वस्तु खरिद गर्दा हुने ठगीबाट बचाउन उपत्यका लगायत पाँचै विकास क्षेत्रमा अनुगमन टोली खटाइएको वाणिज्य आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरी बेलबासेले बताएको नागरिकन्युज डट कममा खबर छ । ।