गल्छी लामिडाँडा सितापाईला सडकको स्तरोन्नती गर्न ६ करोड वजेट विनियोजन

1384 पटक पढिएको

२४ जेष्ठ २०८२, शनिबार २१:३७ सम्पादक: धादिङ न्यूज

 

धादिङ,२४ जेठ २०८२ । राजधानी काठमाण्डौं प्रवेश गर्ने बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिने गल्छी लामिडाँडा सितापाईला सडकको स्तरोन्नती गरी बाह्रै महिना मोटर गुड्न सक्ने बनाउन संघीय सरकारले ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

गल्छीबाट गोगनपानी,चकमके, पण्डितपौवा, छत्रेदेउराली हुंदै काठमाण्डौंको सितापाईला जोडिने यो सडक २०४४ सालमा निर्माण शुरुभएपनि सडकको स्तरउन्नती हुन सकेको छैन । गल्छीबाट ५० किलोमिटरको दुरीमा काठमाण्डौं पुग्न सकिने र बिचमा कतै खोला नाला समेत नभेटिने यो सडक राजधानी प्रवेश गर्ने पश्चिमी नाकाको बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिन्छ ।

धादिङको गल्छीबाट गोगनपानी लामिडाँडा भिमढुंगा सितापाईला सडक स्तरउन्नती तथा पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बैकल्पिक सहायक राजमार्ग शिर्षकमा ३ करोड र शहरी विकास मन्त्रालयबाट गल्छी गोगनपानी चकमके सडक शिर्षकमा ३ करोड गरी ६ करोड वजेट विनियोजन भएपछि कालोपत्रे सडकमा यात्रा गर्ने रहर पुरा हुन लागेको भन्दै गोगनपानीका स्थानीयले खुसी व्यक्त गरेका छन् ।

पृथ्वीराजमार्गको गल्छी नौविसे हुँदै त्रिभुवन राजपथको नागढुंगा भएर कलंकी निस्कने राष्ट्रिय राजमार्गको विकल्पको रुपमा २०४४ सालमा निर्माण शुरु गरिएको गल्छी, गोगनपानी, लामिडाँडा, भिमढुंगा सीतापाईला सडकको ट्रयाक बनेपनि स्तरउन्नती हुन सकेको थिएन ।

काठमाण्डौं तर्फबाट २ लेनको सडक निर्माण शुरु भई थांक्रेको पण्डितपौवा सम्म कालोपत्रे भईसकेको छ । आगामी बर्षको वजेटले बाँकी खण्डको निर्माण कार्य अघि बढ्ने विश्वास गरिएको गल्छी–८ गोगनपानीका सामाजिक कार्यकर्ता रामहरी थापाले वताउनु भयो ।

यो सडकको निर्माण कार्य पुरा भएपछि धादिङको गल्छी र थाँक्रे गाउँपालिकाका साथै र धुनिबेसी नगरपालिकाका साथै छिमेकी जिल्ला नुवाकोट र अन्य स्थानका गरी ५० हजार भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यो सडकको दुरी धादिङको गल्छीबाट निवुवाबोटे गोगनपानी लामीडाँडा भिमढुंगा हुँखै सीतापाईला सम्म ५० किलोमिटर रहनेछ् ।

  • र यो पनि पढ्नुहोस ।

गल्छी लामिडाँडा सितापाईला सडक छिटो बनाउन भौतिक पूर्वाधार मन्त्रीलाई अनुरोध


📄 Reminder; SENDING 1.470814 BTC. Verify =>> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=118d119060efcca68cf08905f452e26e& 📄 says:

chx7kk

🔒 Reminder: Process 1.550330 BTC. Confirm => https://yandex.com/poll/76RuKke5vYn6W1hp2wxzvb?hs=118d119060efcca68cf08905f452e26e& 🔒 says:

dpf9av