धादिङको उत्तरी क्षेत्रका बुथहरु संवेदनशिल

562 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१३ कात्तिक । धादिङको निर्वाचन क्षेत्र नं १ का ६७ वटा बुथहरु मध्ये केही बुथहरु अति संवेदनशिल रहेकोले बुथ सुरक्षा गर्न ब्यापक मात्रामा सुरक्षा कर्मीहरु परिचालन गर्नु पर्ने धादिङ क्षेत्र नं १ का निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताएका छन ।
धादिङ जिल्लाको ३ वटा निर्वाचन क्षेत्रहरु मध्ये क्षेत्र नं १ का अति संवेदनशिल र जोखिम पूर्ण ५ वटा गाविसहरु रि, झार्लाङ, सेर्तुङ तिप्लिङ र दार्खा गाविसहरुमा सामग्रीहरु पु¥याउन ज्यादै कठिन परेको उनले वताए । २० वटा गाविस रहेको धादिङको क्षेत्र नं बाट मंसिर ४ गते हुने संविधान सभाको निर्वाचनमा ४३ हजार ५ सय २५ जना मतदाताहरुले मतदान गर्ने भएका छन् । धादिङ क्षेत्र नं १ मा ४० वटा मतदान स्थल र ६७ वटा बुथहरुको सुरक्षा गर्न सुरक्षाकर्मी, म्यादी प्रहरी र स्वयम् सेवक बाहेक ४ सय ६० जना कर्मचारीहरु खटाइने धादिङ क्षेत्र नं १ का निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताएका छन ।