श्रोत परिचालन सहकारीका बालबचतकर्तालाई कापीकलम वितरण

662 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरि शुक्रवार धादिङबेसीमा १७ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले १ सय जना बालबचतकर्ताहरुलाई कापीकलम वितरण गरेको थियो ।
बालबालिकाको भविष्य उज्वल बनाउन कापीकलमको महत्वपूर्ण भूमिका रहेकोले बालबचतकर्तालाई कापीकलम वितरण गरेको संस्थाका अध्यक्ष नवराज शर्माले बताउनु भयो । संस्थामा हाल ३१ लाख ८५ हजार ३ सय कुल शेयरपूजी, ४ करोड १७ लाख ६५ हजार ८ सय २ रुपैया कुल बचत निक्षेप, ४ करोड ५६ लाख ६५ हजार ५ सय एकाउन्न रुपैया ऋण लगानीमा रहेको छ ।