विद्युत्त सर्ट हुँदा झार्लाङमा एकको मृत्यु

587 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, मंसिर १० – विद्युत्त लाईन सर्ट हुँदा धादिङको  झार्लाङ गाविसको वडा नम्बर ७ मा एक जनाको ज्यान गएको छ अरु सात घाइते भएका छन ।

विद्युत प्रशारण लाइन सर्ट भएर निस्किएको आगोका कारण घरमा आगजनी भई क्षती हुन थालेपछि मिटरबक्स बन्द गर्न लाग्दा ४५ वर्षका वीरबहादुर तामाङको करेन्ट लागेर ज्यान गएको स्थानीय शर्मा लामाले जानकारी दिनुभयो ।

आईतवार राती १२ बजेतिर भएको सो दुर्घटनाका कारण दुईवटा घरमा क्षती पुग्नुका साथै सात जना घाईते भएका छन । घाईते हुनेहरुमा झार्लाङ गाविस ७ का मोईलामा तामाङ, सन्तवहादुर तामाङ, लक्षमान तामाङ, लालमाया तामाङ, सोमवरी तामाङ, शान्ति तामाङ र तर्चमान तामाङ रहेका छन ।

घाईतेहरु सबैलाई उपचारका लागि सदरमुकाम धादिङबेसीतर्फ ल्याइएको छ ।