महिला हिंसा विरुद्धको १६ दिने अभियान धादिङमा पनि बिभिन्न कार्यक्रम गरी मनाइदै

597 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१० मंसिर / महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान सोमबार देखी विश्वभरी सुरु भएको छ ।
अभियानको पहिलो दिन सोमबार बिहान महिला हक हितको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था महिला मानवअधिकर रक्षक जिल्ला सन्जाल धादिङ को आयोजनामा जिल्लाका संचारकर्मी हरुसंगको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ् । सोमबार सांझ धादिङबेसी पुछारबजार चोकमा मैनबत्ती प्रज्वलन गरिएको थियो ।
अघिल्लो वर्ष जस्तै यसवर्षको नारा पनि ‘घर शान्ति नै विश्व शान्तिको आधार, दमनको प्रतिवाद गरी महिला विरुद्धको हिंसा अन्त्य गरौं’ भन्ने तय भएको छ । नेपालमा भने हिंसा विरुद्धका घटनामा न्युनीकरण नआएकाले ‘महिला विरुद्ध हुने सबै हिंसा अन्त्य गरौं, शुन्य सहिष्णुता कायम गरौं’ भन्ने राष्ट्रिय नारा तय गरिएको राष्ट्रिय महिला आयोगले जनाएको छ ।
१६ दिनसम्म धादिङमा सरकारी तथा गैरसरकारी संघ संस्थाले महिला हिंसाका रोक्न जनचेतनामूलक कार्यक्रम गर्ने बताएका छन् । महिला हिंसा विरुद्ध भइरहेका प्रयासका विषयमा सम्बन्धित सरोकारवाला निकायसंग छलफल तथा अन्तरक्रिया गर्नुका साथै हिंसा रोक्न अपनाउने रणनीति, पीडितलाई समयमै न्याय र पीडकलाई कारबाही गर्न ध्यानाकर्षण गराउने कार्यक्रम तय भएका छन् ।
महिला हिंसा विरुद्ध पटक पटक आवाज उठाउँदै आएपनि पीडकलाई कारबाही नहुँदा हिंसाका घटना बढ्दै गएको महिला अधिकारकर्मीहरुको भनाइ छ् । बताउँछन् ।
हरेक वर्षको नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्ध १६ दिने अभियान चलाइंदै आइएको छ । पछिल्लो एक तथ्याङ्क अनुसार विश्वका ७० प्रतिशत महिला कुनै न कुनै रुपमा हिंसामा पर्ने गरेका छन् ।