खरायोको दौड भन्दा कछुवाको घिस्राइनै उत्तम

597 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /प्रतिनिधि सभा सदस्य निर्वाचन २०४८ मा जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको तत्काल संयुक्त जनमोर्चा नेपालको नामवाट चिनिने गरेको (अहिलेको एमाओवादी )का उम्मेदवारहरुले धादिङ क्षेत्र नम्बर १ मा पुष्पबिक्रम मल्ल ३३९८ मत पाएर चौथो स्थानमा,क्षेत्र नम्बर २ मा मोहनवहादुर कार्की ११९ मत ल्याए पांचौ स्थानमा र क्षेत्र नम्बर ३ मा १३५ मत ल्याएर टिकाप्रसाद कंडेल पांचौ स्थानमा परेका थिए ।

२०४८ मा १ वाट नेपाली कांग्रेसका दामन पाख्रिन १४ हजार १ सय ५७ मत ल्याई विजयी भएका थिए । राप्रपा थापा वाट उम्मेदवार वनेका बुद्धिमान तामाङले १० हजार ७ सय ७५,नेकपा एमालेका गुरुप्रसाद बुर्लाकोटीले ६ हजार ९ सय २३ मत ल्याएका थिए । २०४८ सालको चुनावमा ३३९८ मत ल्याएर पांचौ स्थानमा पुगेका मल्लले २०६४ को संविधान सभा निर्वाचनमा २९ हजार ५ सय ५५ मत ल्याएर विजय हासिल गर्दा नेकपा एमालेका उम्मेदवार रामहरी अधिकारीले ७ हजार ९ सय ९३ मत पाएका थिए । २०४८,२०५१,२०५६,२०६४ मा लगातार उम्मेदवारी दिंदै आएको नेकपा एमालेले यस क्षेत्रमा सफलता पाउन नसकेपनि संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेका कारण २०७० मा आएर नयां इतिहास रच्न सफल भयो ।
नेकपा एमाले धादिङ १ मा पटक पटक पराजय हुंदा पनि  बिचलित नभई आफ्नो संगठन विस्तारसंगै जनमतको सम्मान गर्दै अघि बढिरह्यो । २०७० मा एमालेका उम्मेदवार धनवहादुर घले ८ हजार ६ सय ६३ मत ल्याएर विजयी भए । अघिल्लो संविधान सभामा २९ हजार ५ सय ५५ मत ल्याएको तत्कालको नेकपा माओवादी अहिलेको एमाओवादी ६ हजार ६ सय ९७ मतमा रोकिन मात्र पुगेन अघिल्लो पटकको विजयको ताज गुमाउंदै चौथो स्थानमा पुग्यो ।