ओडारबाट फर्किएका चेपाङ परिवारले घर पाए

647 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, /११ महिनाअघि ओडारबाट वाहिर निकाल्न खोज्दा सुमनसिंह चेपाङले भन्नुभएको थियो ‘आजसम्म त मेरो बस्ने ठाउँ थियो अब गएर कहाँ बस्ने ?’ सात वर्षसम्म ओढारमा बसेर गाउँ फर्काइएका धादिङ जवाङका सुमनसिंह चेपाङको अहिले आफ्नै घर बनेको छ ।SAM_1649

नेपाल चेपाङ संघको सिफारिसमा जनता आवास कार्यक्रम मार्फत सरकारले  सुमनसिंहको परिवार वस्ने घर बनाइदिएको हो । घरव्यवहार चलाउँदा लागेको ऋण तिर्न नसक्दा जायजेथा साहुलाई बुझाएर ओडार पसेका सुमनसिंह सात बर्षसम्म त्यहीँ बस्नुभयो । ऋण तिर्न नसकेर ओढारमा बसेको समाचार पत्रपत्रिकामा आएपछि उहाँको ऋण तिरिदिने दाताहरु भेटिएका थिए । दाताहरुको सहयोगपछि सुमनसिंहको गुमेको जग्गा फिर्ता मात्र भएन उहाँले पुर्ख्यौली थलोमा बस्ने अवसर पनि पाउनुभयो । अहिले उहाँलाई परवारलाईकहाँ लगेर राख्ने भन्ने चिन्ता पनि छैन ।

गएको वर्षको पुस १२ गते काठमाडौ र धादिङ जिल्लाका विभिन्न ठाउँबाट सुमनसिंह बस्दै गरेको ओडारमा पुगेका सहयोगी दाताहरुले उहाँलाई ओडारमा नै भेटेर पुरानो थलोमा फर्काएका थिए । आफ्नै दाई शंखरामले २४ हजार ऋणको कागजमा २ लाख ५० हजार लेखेर झुक्याएर सम्पत्ति खाइदिएपछि बाँकी रहेको जेथा अर्का साहु नरबहादुरलाई छाडेर सुमनसिंह जंगल पस्नुभएको थियो । गाउँ फर्किएपछि उहाँले खेतीपाती र ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आइरहनुभएको छ ।

जोगिमारा गाविसका सचिव पर्शुराम घिमिरेका अनुसार ओढारवाट गाउँ फर्काइदा दाताहरुवाट प्राप्त भएको १ लाख रुपैयाँ गाउँकै स्वावलम्वन बचत तथा ऋण सहकारी संस्थामा मुद्धती खाता खोलेर राखिएको छ । सहकारीमा जम्मा गरेको रकमको मासिक व्याजवाट चेपाङ परिवारले  घरखर्च चलाउंदै आइरहेका छन् ।