निर्वाचन र दलको मनोदशा
633 पटक पढिएको
हरि खनाल
मार्ग ४ गतेको संविधान सभाको निर्वाचनले पुस महिनालाई पनि व्यस्त बनायो । सबै तह र तप्का त्यसकै प्रभावमा जेलिए । निर्वाचन सकिएको दुई हप्ता वित्दा पनि मुलक त्यसैभित्र लुटुपुटु गरिरहेको छ । राजनीतिलाई स्वच्छ प्रणालीको रुपमा लिन नसक्दा हारजीतका सवाल पहाड भएर ठडिएका छन् । हार र जीत दुबैबाट शिक्षा प्राप्त हुन्छ तर मुलुकका राजनीतिक दलहरु दुबैबाट शिक्षा प्राप्त गर्न सकिरहेको देखिँदैन । राजनीतिक दलहरुले आपूmहरुले अघि सारेको नीति तथा कार्यक्रम वा विचार जनताको इच्छाअनुकूल छ कि छैन भनेर परीक्षण गर्ने अवसर आवधिक निर्वाचन हो । परिपक्व दलहरुले आफ्ना एजेण्डा अघिसार्नुपूर्व नै जनतावीचमा यस किसिमको परीक्षण गर्दछन् त्यो परीक्षण निर्वाचन नभएपनि अध्ययन अनुसन्धान, जनताहरुसँग एजेण्डाका बारेमा सकारात्मक र नकारात्मक विचार व्यक्त गर्न दिने कुरा हुन सक्दछ । यस किसिमको कार्य विकसित मुलुकका दलहरुले समेत गरेको नदेखिएको सन्दर्भमा नेपालका राजनीतिक दलहरुले गरेनन् भनेर भन्नु अधिक टिप्पणी होला तर दलले निरन्तर एजेण्डा उचालिरहनु तर जनताले मन नपराउनु परिणाम आउनुले चाहिँ सम्बन्धित दलभित्रको आन्तरिक प्रजातन्त्रको अवस्था र संगठित अनुहारहरुको चरित्र वोध गराउँछ । या त त्यो दलभित्र प्रजातन्त्र वा जनवाद छैन केवल केन्द्रियता छ वा त्यस दलभित्र संगठित व्यक्तिहरु हुन्छ ९थभक mबल० मात्र छन् । त्यस्ता व्यक्तिहरुको जमघटले दललाई कालान्तरमा एउटा कमजोर झुण्ड बनाउँछ र दलीय हैसियतबाट स्खलित तुल्याइदिन्छ । पश्चिमी जगतमा प्रसिद्घ जुलाहाको कथा यहाँनिर सान्दर्भिक हुन्छ । राजाको दरवारमा दुईजना जुलाहाहरु (कपडा बुन्ने) आए । उनीहरुले जादुगरी खालको कपडा बुन्ने कुरा गरे । उनीहरुले बुनेको कपडा धर्मात्माले मात्र देख्नेछन् र पापीहरुको चर्मचक्षु त्यसका लागि पर्याप्त छैन । राजाको लागि उनीहरु कपडा बुन्न बसे । तान लगाएको र आवाज आएको सुनिए पनि कपडा बुनिएको कहिलै देखिएन । सम्पूर्ण मन्त्री तथा भाइभारदार निरीक्षण गर्न गए सबैले अच्छा कपडा बुनिँदै छ भनेर जबाफ दिए । किनकी कसैलाई पनि पापी भनिनु थिएन । अन्ततः राजालाई त्यस तिलस्मी कपडा लगाएर नगर परिक्रममा गराउने दिन आयो । राजालाई कपडा लगाइएको अभिनय गरियो र अन्ततः रथमा राखेर नगर परिक्रमा गराइयो । एउटा बालकले भनिदियो राजा त नाङ्गै ।
यो कथाको मर्म हाम्रो राजनीतिमा बारबार देखिएको छ । पार्टी प्रणाली देखिने विकृतिहरु या त त्यसका नेताको निरङ्कुश चरित्रको कारण भएको छ या कमजोर सदस्य पङ्ती अनि विचार र कार्यशैली । निर्वाचनले देखाउने परिणामलाई समीक्षा गरेर भएपनि दलहरुले आपूm कसरी जनमतबाट टाढिएको हो भनेर खोतल्नु जरुरी छ भने विजय भएका दलले त्यो मत कसरी आएको हो ? के का लागि आएको हो भनेर बुझ्नु जरुरी छ । आफ्नो खल्तीमा आइपुग्ने धन सँधै आपूmले कमाएकोमात्र नहुन पनि सक्छ । कहिले कसैलाई दिनु भनेर कसैले लगाएको कामले आइपुगेको हुन सक्छ त कहिले कसैले विभिन्न कारणले राख्न दिएको हुन सक्छ । त्यसको लेखा राखिएन भने खल्तीमा दाम राख्नेले सम्बन्धित व्यक्ति र स्थानमा धन नपु¥याउन पनि सक्छ र आपूm इमान्दार बन्नबाट च्युत हुन पनि सक्छ । निर्वाचनमा पराजित हुनु र विजयी हुनु दुबै विलौना र मातका कुरा होइनन् । विजेताले जनविश्वासको कदर गर्न सके राजनीतिमा बेलायतको जस्तो थ्याचर युग आउन सक्छ र नसके सन १९८० ताकाको इन्दिरा गान्धी युग बेहोर्नुपर्दछ । हामीकहाँ किन दलहरु अर्कैलाई औंला ठड्याउन मात्र व्यस्त छन् ? किन विजयीहरु विजयीजस्ता छैनन् र पराजीतहरु आत्मविश्वासहीन छन् र आफ्नो कमजोरी छाम्न तयार छैनन् ? खुट्याउन कठिन भएको छ ।