रिको किचेतमा ४घर र चर्चमा आगजनी

643 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,९ पुस – हतियार सहित गाउंमा पुगेको अज्ञात समुहले सोमवार राती (गएराती) धादिङको रि गाविसमा चारवटा घर एउटा चर्चमा आगजनी भएको छ । आगजनीवाट चारवटा घर र चर्च जलेर पूर्णरुपमा क्षती भएको छ ।
सोमवार दिउंसो धारिलो हतियार सहित जिल्लाको उत्तरीभेगमा पर्ने  रि गाविसको किचेतमा देखापरेका आठ नौ जनाको समुहले किचेतस्थित चर्चमा प्रवेश गरी क्रिसमसको तयारीका बिषयमा छलफल गरिरहेका व्यक्तिहरुलाई हमला गरेको स्थानीयवासीले वताएका छन । दिउंसो १२ वजे गाउं पुगेको हतियारधारी समुह दिनभरीनै गाउंमै रहेपनि डरका कारण कसैले प्रतिवाद गर्न नसकेको गाउंवासीले वताएका छन ।
दिउंसो चर्चमा हमला गरेर गाउं फर्किएका तिनै व्यक्तिवाट  रि गाविस वडा नम्बर ९ किचेतका गंगा लामा तामाङ,बहादुर लामा तामाङ,बोक्ता लामा तामाङ र बिक्रम लामा तामाङको घरमा आगजनी गरिदिंदा घरमा रहेको सबै सामान, नगद र लत्ताकपडा समेत जलेको छ । आगजनीपछि स्थानीयवासी आतंकित हुन पुगेका छन । हतियार धारी समुह स्थानीय नभएको पिडितहरुले वताएका छन । आंफुहरु माथि किन आक्रमण केही थाहा नभएको उनीहरुले वताए ।
घटनाका वारेमा प्रहरीले ढिला खवर पाएकोले दार्खा स्थित इलाका प्रहरी कार्यालयवाट प्रहरीको टोली घटनास्थल तर्फ पठाईसकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक अशोक सिंहले वताएका छन । घटनास्थल सदरमुकाम धादिङबेसीवाट दुई दिनको पैदलयात्रा पछि मात्र पुग्न सकिन्छ ।