सभामुख अर्यालको घोषणा: केही महिनाभित्रै सुरु हुन्छ राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना
361 पटक पढिएको
धादिङ र गोरखा जिल्लाको साझा चासोको विषय रहेको बूढीगण्डकी आयोजनालाई आफूले सधैँ उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सभामुख अर्यालले यसको सफल कार्यान्वयनका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “अब धेरै समय कुर्नु पर्दैन, आयोजना छिट्टै निर्माण प्रक्रियामा जान्छ,” उहाँले भन्नुभयो। धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २, गैरीगाउँ (मैदी) मा जन्मिएर सभामुख जस्तो उच्च संवैधानिक पदमा पुग्नुभएका अर्यालले गृह जिल्लालाई विशेष प्राथमिकतामा राखेर योजनाबद्ध विकासका काम अघि बढाइने समेत बताउनुभयो।
देशको दिगो विकासका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य अपरिहार्य रहेको औँल्याउँदै उहाँले विकास निर्माणका काममा सुशासन र पारदर्शिता सुनिश्चित गरिने बताउनुभयो। संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र संशोधनलाई तीव्रता दिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी ‘फास्ट ट्र्याक’ बाट कानुन निर्माण प्रक्रिया अघि बढाइनेछ। विकास, समृद्धि र खुसीको अनुभूति ढिला नगरी दिलाउनुपर्छ भन्ने मेरो मान्यता हो।”
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले जिल्लाभरका पत्रकारहरूको तर्फबाट सभामुख अर्याल र धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बोध नारायण श्रेष्ठलाई सम्मान गर्नुभएको थियो। सो अवसरमा महासंघले राम्रा नीति र कानुन बनाउन तथा सकारात्मक कुराहरू लिपिबद्ध गर्नका लागि सभामुख र सांसदलाई डायरी उपहार स्वरूप प्रदान गरेको थियो। सभामुख अर्यालले आफू निष्पक्ष, इमानदार र जिम्मेवार भूमिकामा रहेर जनताको हितमा काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै आफ्नो कार्यकाललाई परिणाममुखी बनाउने विश्वास दिलाउनुभयो।








https://shorturl.fm/hvrMV
Yo, vn138 crew! Been hanging out on this site for a while. It’s got a good vibe and plenty of options. Definitely worth checking out when you wanting some action! Jump in to vn138
Hey guys, stumbled upon Tigrinhoonline the other day. Not gonna lie, its kinda fun! If you like fast-paced games, give it a go. Check it out tigrinhoonline
Yo, plus777apk, what’s up? I’ve been messing around on the site. Gotta say, it’s pretty slick. Definitely worth checking out, my dudes! Get your game on at plus777apk
https://shorturl.fm/3d6nF