धादिङ जिल्ला मकै वीउमा आत्मानिर्भर उन्मुख

657 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ जिल्ला मकै वीउमा आत्मानिर्भर उन्मुख

राजेन्द्र बस्नेत-धादिङ, ११ पुस । जिल्लालाई मकै वीउमा आत्मानिभर बनाउन ३ वर्ष अघिबाट विभिन्न गैरसरकारी संस्था, अनुभवी अगुवा कृषक, सहकारी र समुह कृषकहरु संग सहकार्य गरी कृषि विकास कार्यालय धादिङले अघिबढी रहेको छ । परम्परागत तरीकाबाट मकै वीउ लगाई रहदा मकै उत्पादनमा कमी आउन जान थालेपछि किसानकले नयां तथा उन्नत विउको माग बढेको हो । आगको आपूर्ति जिल्ला भित्रबाट पुरा गर्न मकै बिउ उत्पादन कार्यक्रम अन्र्तगत जिल्ला कृषि विकास कार्यालय तथा पहाडी मकैवाली अनुसन्धान कार्यक्रम (सिमिट) र अन्य साझेदार संस्थाको साझेदारीमा शुरु गरिएकोबाट धादिङ जिल्ला मकै वीउ उत्पादनमा आत्मानिर्भर उन्मुख हुदैं गएको वीउ उत्पादन तथा वजारिकरण कार्याशाला गोष्ठिमा वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले बताए ।

मकै वीउ उत्पादन कार्यमा संलग्न कृषकहरुले ग्रेडिङ मेसिन, इलेक्निक कन्सुलर मेसीन (मकै वीउ  छोडाउने मेसिन) व्याकिङ, ट्याकिङ सहयोग र प्राविधिक सीप तत्काल आवश्यक भएको बताए । कृषकहरुको जागरमा कमी आउन नदिए अव ३ वर्षमा मकैको वीउमा जिल्लालाई पूर्ण आत्मा निर्भर बनाउन सकिने समेत कृषकहरुले बताए । जिल्लामा गणेश हिमाल कृषि वीउ विजन व्यापार व्यावसाय कम्पनी र जिल्ला स्तरीय वीउ वैंक समेत स्थापना भईसकेको छ ।

जिल्लाका ५० गाविसमा  १९ हजार ४ सय ६८ हेक्टर क्षेत्रफलमा मकैवाली उत्पादन हुने गरेको र त्यसका लागि ३ सय ८९ मेट्रिकटन वीउ लाग्नेमा ६५ मेट्रिकटन वीउ उत्पादन भएको छ । ३ सय ३४ मेट्रिकटन वीउ कृषकहरुले परम्परागत तरीकाबाट तयार गरेको वीउ वा बाहिरबाट ल्याएर लगाउनु पर्ने  वाध्यता रहको छ । जिल्लामा  ३१ हजार ३ सय ४४ मेट्रिकटन मकै उत्पादन हुने हुदै आएको छ । उन्नत जातको मकै रोप्न सके ५० मेट्रिकटन मकै उत्पादन वृद्धि गर्नसकिने वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए ।

कारोबार डेली डट कमबाट