धादिङबेसीमा स्काउट मास्टरहरुको भेला सम्पन्न

634 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-नेपाल स्काउट कार्यालय  धादिङको आयोजनामा शनिबार  धादिङबेसीमा स्काउट मास्टरहरुको जिल्ला भेला सम्पन्न भएको छ । जिल्लामा स्काउटीङ गतिविधि तिव्र रुपमा अगाडी बढाउन र भावि रणनीति तय गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला स्काउट कार्यालय  धादिङले जनाएको छ ।
जिल्ला आयुक्त विनोद मान श्रेष्ठको अध्यक्षता, राष्ट्रिय परिषद सदस्य नानीराम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला भरका ३० जना स्काउट मास्टरहरुको सहभागिता रहेको थियो ।
भेलाले बद्री अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय स्काउटीङ त्रैमाशीक बुलेटीन प्रकाशन गर्ने निर्णय गरेको छ । यसैगरि निराजन श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय बार्षिक कार्यतालिका निमार्ण समितिको समेत गठन गरिएको छ । उता विष्णु श्रेष्ठको संयोजकत्वमा ज्याम्बोरेड परिचालन समितिको गठन गरिएको छ भने माघको १६ र १७ स्काउट मास्टरहरुको भ्रमण र फागुनको १५, १६ र १७ मा जिल्ला स्तरिय क्याम्पीङ गर्ने निर्णय गरिएको जिल्ला स्काउट कार्यालय धादिङले जनाएको छ ।