धादिङमा मानवअधिकार वर्ष पुस्तकको पूर्वसमिक्षा

588 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ , २३ पुस -नेपालमानवअधिकार वर्ष पुस्तक २०१४ को पूर्वसमिक्षा कार्यक्रम धादिङबेसीमा मा पुस २३ गते सम्पन्न भएको छ । _MG_5830
धादिङ जिल्लामा मानवअधिकार उल्लंघनको अवस्थाको बारेमा इन्सेक प्रतिनिधि सीताराम अधिकारीले यस वर्ष संविधानसभा निर्वाचनको विषयमा आचारसंहिताको उल्लंघन र महिलामाथी हुने सबै प्रकारका हिंसाहरु बढी भएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

संविधानसभा निर्वाचनको समयमा राजनीतिक दलहरुले एकले अर्का दललाई निषेध गर्न खोजेर चुनाव आफ्नो पक्षम पार्नका लागि आचारसंहिताको उल्लंघन गरेका थिए भने साँघातिक हमलाका घटनाहरु भएका थिए ।

महिलामाथी भएका हिंसाका घटनाहरु हेर्दा यस वर्ष घरेलु हिंसा र बालिकामाथी भएका बलात्कारका घटनाहरु धेरै भएकोले सरकारले संरक्षण र सुरक्षाका लागि काम गर्नु पर्ने सहभागिहरुले बताए ।

कार्यक्रममा सभाषद गुरुप्रसाद बुर्लाकोटीले संविधानमा मानवअधिकारको विषयवस्तुहरु उल्लेख गर्नका लागि आफू लागि पर्ने बताउँदै मानवअधिकार उल्लंघन गर्न उक्साउनेलाई पनि अब कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । जिल्लामा अपराधिक घटनाहरु भएको उल्लेख गर्दै धेरै जना मिलेर अपराध गरेपछि एक दुई जनाले मात्र त्यस्ता घटनाको जिम्मा लिइ अन्य अपराधिहरु फुत्केर जाने गरेकोले अनुसन्धन गरि सबै अपराधीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

मानवअधिकार वर्ष पुस्तकमा कुनै पनि घटना नछुटुन भन्दै सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले सरकार मानवअधिकारको संरक्षणका लागि लागिपरेको बताए ।