धादिङ प्याव्सनमा रमेशकुमार श्रेष्ठ

727 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२४ पुस – निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन नेपाल प्याव्सन धादिङको अध्यक्षमा रमेशकुमार श्रेष्ठ निर्वाचित भएका छन । बुधवार धादिङबेसीमा सम्पन्न भएको प्याव्सन धादिङको छैटौं अधिबेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको हो । DSC02455 DSC02422
अधिबेशनवाट जिल्ला कार्य समितिको उपाध्यक्षमा भुवन त्रिपाठी,सचिवमा गोविन्द बुढाथोकी, सह सचिवमा दिनेश भट्ट,कोषाध्यक्षमा बिश्वनाथ उप्रेती उप्रेती चयन भएका छन । यसैगरी शिवकुमार श्रेष्ठ,रामचन्द्र अर्याल,सन्चुमाया राई,मिना प्रधान र मदन श्रेष्ठ कार्य समितिको सदस्यमा चयन भएका छन । दुई सदस्य पछि थप गरिने वताईएको छ । अधिबेशनको प्याव्सनका केन्द्रीय समितिका सञ्चार सचिव राजेन्द्र वानियाले बुधवार विहान धादिङबेसीमा उदघाटन गरेका थिए ।कार्यक्रममा केन्द्रीय सांगठनिक सचिव कृष्ण अधिकारी,केन्द्रीय सदस्यहरु नवराज ओझा, पुर्व केन्द्रीय सदस्य भिमसेन केसीका साथै धादिङका सहायक जिल्ला शिक्षा अधिकारी शोभाकर रेग्मी लगायतको आतिथ्य रहेको थियो ।
प्याव्सन धादिङको स्थापना दिवस तथा छैटौं अधिबेशनको अवसर पारेर निजी बिद्यालयहरुको तर्फवाट गत बर्षको एसएलसी परिक्षामा जिल्ला प्रथम हुन सफल रविन थापा र इना श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरी प्याव्सन धादिङका संंस्थापक उपेन्द्रनरसिंह अधिकारी, उत्कृष्ठ प्रिन्सिपलमा दि राईजिङ भिजेलका नवराज ओझा, अध्यक्षहरुमा सरस्वती चिल्ड्रेनपार्कका नारायणप्रसाद रुपाखेती,संस्थागत बिद्यालयमा कार्यरत शिक्षकहरुको तर्फवाट मावितहका शिक्षक चिल्ड्रेनपार्क आवासिय उच्च माविका प्राचार्य षष्टिकुमार श्रेष्ठ,निमावि शिक्षक जगदम्वा वोर्डिङ स्कुलका रामसुन्दर पाण्डे, प्राथमिक शिक्षकमा मुनाल एकेडेमीका कल्पना शर्मालाई प्रसंशा पत्र दिएर सम्मान गरिएको थियो ।
अधिबेशनले नेत्रराज पौडेल,केदारप्रसाद पाठक ,संगिता श्रेष्ठ र निवर्तमान अध्यक्ष शान्तबिक्रम वानिँयालाई महाधिबेशन प्रतिनिधिमा चयन गरेको छ । जिल्लामा ५५ वटा संस्थागत बिद्यालय संचालनमा रहेकोमा ३३ वटा बिद्यालय प्याव्सनमा आवद्ध रहेको वताईएको छ ।