ट्रक पल्टिदा ११ जना घाइते

526 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, पुस २५ – धादिङको तसर्पु गाविस–१ ल्वाँङेचौरमा फोरह्वील ट्रक पल्टिदा ११ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गको महादेवबेसी बजारबाट विद्यालय भवन निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको बा २ ख ३४५९ नम्बरको ट्रक बिहीबार साँझ साँढे पाँच बजेतिर कच्ची सडकबाट पाँच सय फिट तल बारीमा खसेको थियो । दुर्घटनामा घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौ पठाइएको  छ भने अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सडकमा पानी लगाइएको कारण चिप्लिएर दुर्घटना भएको प्रहरी चौकी महादेवबेसीले जनाएको छ ।

दुर्घटनामा बजारबाट घरायसी सामाग्री लिएर घर फर्कँदै गरेका स्थानीय वासिन्दा परेका छन् । दुर्घटना हुने वित्तिकै स्थानीय वासिन्दा र प्रहरीले घाइतेको उद्दार गरेका थिए ।