नीलकण्ठ-८ मा ६५ जनालाई सीपमूलक तालिम प्रदान: उद्यमशीलतामा वडाको विशेष जोड

541 पटक पढिएको

२४ जेष्ठ २०८३, आईतवार १४:४८ सम्पादक: धादिङ न्यूज

धादिङ, २४ जेठ ।   धादिङकोनीलकण्ठ नगरपालिका वडा नं. ८ मा सञ्चालित विभिन्न सीपमूलक तालिमहरू जेठ २४ गते शनिवार एक भव्य समारोहका बीच सम्पन्न भएका छन्। वडाले आफ्नै तालिम केन्द्रमार्फत स्थानीयवासीलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरेका तीनवटा प्रमुख तालिमहरूबाट ६५ जना प्रशिक्षार्थीहरू लाभान्वित भएका छन्।

समापन कार्यक्रममा वारिस्टा (कफी बनाउने) तालिममा सहभागी २० जना, होमस्टे तालिममा सहभागी २० जना र आधारभूत कम्प्युटर तालिम (२२० घण्टा) मा सहभागी २५ जना गरी जम्मा ६५ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो।

सामाजिक विकास कार्यालय, गजुरीको सहयोगमा ‘सिद्धिविनायक टेक्निकल ट्रेनिङ सेन्टर प्रा.लि.’ को आयोजनामा तालिमहरू सम्पन्न भएका हुन्। वडामा सीप विकासका लागि छुट्टै तालिम केन्द्र स्थापना गरी सञ्चालन गर्न ‘अनन्त आशा नेपाल’ ले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तालिम केन्द्रको सञ्चालन, आवश्यक कम्प्युटर व्यवस्थापन तथा तालिम हलको सुदृढीकरणमा अनन्त आशा नेपालको योगदानको वडाध्यक्षले विशेष प्रशंसा गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सरोकारवालाहरूले स्थानीयस्तरमा सीपमूलक तालिमको पहुँच बढ्नु सुखद पक्ष भएको बताएका छन्। यस अभियानलाई सफल बनाउन नीलकण्ठ नगरपालिका, रामकोट माध्यमिक विद्यालय तथा अन्य सहयोगी संघ-संस्थाहरूको समन्वयले ठूलो मद्दत पुर्‍याएको छ।

वडाध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख भीमप्रसाद ढुंगाना, उप-प्रमुख दीपक विश्वकर्मा, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी र फेडेन धादिङका अध्यक्ष शिवहरी अधिकारी लगायतको आतिथ्य रहेको थियो।

नीलकण्ठ-८ ले तालिम केन्द्र नै स्थापना गरी निरन्तर सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। तालिममा सहभागी प्रशिक्षार्थीहरूले आधुनिक प्रविधि र सीप सिक्न पाएपछि आफूहरू स्वरोजगार बन्न थप उत्साहित भएको बताएका छन्। स्थानीय सरकार र सहयोगी संस्थाहरूको यस प्रकारको सहकार्यले वडालाई नमुना सीप विकास केन्द्रको रूपमा स्थापित गर्दै लगेको छ।


This initiative beautifully bridges traditional skills with economic empowerment. The emphasis on digital literacy is vital; modern entrepreneurship requires connecting local talent to global digital markets. Expanding access to platforms, much like using a dedicated jlpg app download apk, is key to scaling these local skills. Truly inspiring work!