सेमजोङ साहित्य यात्रा हुने

798 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-चेतना माथि चेतनाको सिर्जनशील हस्तक्षेप अभियानको हाम्रो लोक, हाम्रो संस्कृति, हाम्रो नीति, हाम्रो प्रकृति भन्ने मुल नाराका कला र साहित्य क्षेत्रलाई सकारात्मक विकास गर्ने र पर्यटन क्षेत्रलाई विकास गर्ने उद्धेश्यका साथ यहि पुस ३० गते देखि माघ २ गते सम्म सेमजोङ साहित्य यात्रा गर्ने भएको छ ।

              यहि पुस २५ गते देखि काठमाण्डौबाट सुरु भएको साहित्यक यात्रा  धादिङबेसी हुँदै सेमजोङ सम्म गरिने भएको छ । उत्पीडित जन उत्थान मञ्च नेपाल लोकोत्तर लोकबादी विचार समुह र सेमजोङ साहित्य यात्राले आज धादिङबेसीमा पत्रकार सम्मेलन मार्फत कार्यक्रम सार्वजनिक गरेको हो । साहित्य यात्राको क्रममा यहि पुस ३० गते देखि सेमजोङको विभिन्न ठाउँहरुको स्थलगत अवलोकन भ्रमण गर्ने, दरबारको अवलोकन गर्ने, माघ १ गते लोकोत्तर लोकवादी प्रस्तुती, धादिङ तामाङ लोक नायक घोषणा गर्ने, स्थलगत साहित्य सिर्जना तथा रचनाहरुको वाचन गर्ने, लोक सञ्जालको निमार्ण, मेन्दोमाया नाच प्रस्तुत, झाँक्री नाच प्रस्तुत सेमजोङको सन्दर्भमा आइ.एल.ओ. १ सय ६९ को छलफल गर्ने लगायत विभिन्न कार्यक्रम गर्ने भएको छ ।

cheap essay writing service

765qwerty765